भारतीय राजदुतावासलाई अशोक लेल्यान्डको एड्भान्स लाइफ सपोर्ट एम्बुलेन्स हस्तान्तरण
काठमाडौं – नेपालमा अशोक लेल्यान्डको आधिकारिक वितरक आइएमई ग्रुप...
काठमाडौं – आईएमई अटोमोबाइल डिभिजनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नयाँ वर्ष २०८० को अवसरमा बुधबार आयोजित सो कार्यक्रम जीवन बचाउनका लागि रक्तदानको महत्व बारे सचेतना जगाउने र सबैलाई रक्तदान गर्न प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको कम्पनीको भनाइ छ ।
सो अवसरमा ४२ दाताहरूले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवासँगको सहकार्यमा सम्पन्न सो रक्तदान कार्यक्रमलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
कार्यक्रमको बारेमा बोल्दै आईएमई अटोमोबाइल डिभिजनका मानव संसाधन प्रमुख सुदर्शन पाठकले भने, ‘रक्तदान कार्यमा भएको सहभागिता र यसको वारेमा पाएको प्रतिक्रियाबाट हामी निकै नै उत्साहित छौ । जीवन बचाउने यस्तो मर्मस्पर्शी महान कार्यमा योगदान गर्नका लागि यति धेरै व्यक्तिहरुको सहभागिता देख्दा हामीलाई खुसी लागेको छ । समाजमा सकारात्मक प्रभाव प्रदान गर्ने कार्यमा देखिएको हाम्रा कर्मचारीहरुको प्रतिबद्धताबाट समेत हामी गौरवान्वित भएका छौ ।’
सबै रक्तदाताहरूले कम्पनीको तर्फबाट प्रशंसा पत्र प्राप्त गरेका थिए । कम्पनीले आगामी दिनमा समेत यस्ता सामाजिक कार्यमा सहभागी भइरहने र समाजमा सकारात्मक प्रभाव पार्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
काठमाडौं – नेपालमा अशोक लेल्यान्डको आधिकारिक वितरक आइएमई ग्रुप...
काठमाडौं – आईएमई ग्रुप, अटोमोटिभ डिभिजनको सीईओमा हेमन्त पुरानिक नियुक्त...
काठमाडौं – आईएमई मोटर्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को पावर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...