३२ लिटर बुट स्पेसयुक्त इलेक्ट्रिक प्रिमियम स्कुटर याडिया ई८एस प्रो नेपालमा, १० हजारमा बुकिङ गर्न सकिने

काठमाडौं – याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले इलेक्ट्रिक प्रिमियम स्कुटर ई८एस प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । याडिया ई८एस प्रो अद्वितीय पर्फमेन्स, कम्फर्ट र सस्टेनेबिलिटी प्रदान गर्ने दावी गरिएको अत्याधुनिक इलेक्ट्रिक स्कुटर हो ।

सहरी क्षेत्रमा वातावरणीय दृष्टिकोणबाट उपयुक्त स्कुटर प्रयोग गर्न चाहनेहरुका लागि उपयुक्त सो इलेक्ट्रिक स्कुटरमा उच्च क्षमताको ग्राफिन ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा १५० किलोमिटर सम्मको रेन्ज दिन्छ भने यसको टप स्पिड ६० किलोमिटर प्रतिघण्टा छ । यसमा भएको टिफार मोटरले यसको स्पिड बढाउन र टर्कलाई १४० एनएम सम्म पु¥याउन सहयोग गर्छ ।

ब्याट्री चार्ज सकिएर शून्यमा पुग्दा पनि यसबाट ३ देखि ५ किलोमिटर सम्म गुडाउन मिल्ने रिजर्भ रेन्ज हुने बताइएको छ । सो स्कुटरको ब्रेकिङका लागि दुवै पांग्रामा डिस्क ब्रेक छ भने चलाउदा कम्फर्ट र फ्रिडम अनुभव गराउने ३६० एमएमको लेग स्पेस छ ।

यसमा भएको अर्को महत्वपूर्ण फिचर ३२ लिटरको बुट स्पेस हो, जुन नेपाली टु ह्विलर बजारकै सबैभन्दा ठूलो भएको कम्पनीको दावी छ । त्यसैगरी यसमा भएको इनोभेटिभ क्रुज चार्जिङ फिचरका कारण स्कुटर चलिरहेको समयमा पनि रिचार्ज गर्न सहयोग गर्छ ।

याडियाले २ वर्ष वा २० हजार किलोमिटर गुड्दा सम्म वारेन्टी प्रदान गर्छ । यो स्कुटरको मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ । पहिले बुकिङ गर्ने ५० ग्राहकले सो स्कुटर १० हजार रुपैयाँमा बुकिङ गर्न सक्ने छन् ।

सन् २००१ मा स्थापना भएको याडिया टेक्नोलोजी ग्रुप हाल उच्च गुणस्तरीय इलेक्ट्रिक टु ह्विलर निर्माता कम्पनीको रुपमा परिचित बनेको छ । याडियाले इलेक्ट्रिक साइकल, मोपेड, मोटरसायकल र तिनका एसेसरिज उत्पादन गर्दै आएको छ ।

याडियाका उत्पादन युरोप र उत्तर अमेरिका लगायत विश्वका ९० भन्दा बढी देशमा बिक्री हुन्छन् । युरो मोनिटर इन्टरनेसनलले सन् २०१९ मा याडियालाई इलेक्ट्रिक भेइकल ब्रान्डमा नम्बर १ ¥याङ्कमा राखेको थियो भने सन् २०१८ र २०१९ मा सबै भन्दा लामो राइडिङ दुरी पार गरेको रेकर्ड समेत गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको थियो । याडियाका विश्वभर ४० करोड भन्दा बढी प्रयोगकर्ता छन् भने बजार हिस्सा २० प्रतिशत भएको कम्पनीको दावी छ ।

नेपालमा याडियाको आधिकारिक वितरक रहेको कुजु नेपालले काठमाडौं, पाटन, टेकु, बौद्ध, पोखरा, दाङ, बुटवल र नारायणगढमा डिलर नेटवर्क विस्तार गरेको छ । हाल नेपालमा याडियाका सी१एस, एस लाइक र जी५ मोडल गरी ५ सय भन्दा बढी इलेक्ट्रिक स्कुटर बिक्री भइसकेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

७ लाख ५० हजार मूल्यको इलेक्ट्रिक स्कुटर नेपालमा

७ लाख ५० हजार मूल्यको इलेक्ट्रिक स्कुटर नेपालमा

काठमाडौं – नेपाली बजारमा सम्भवतः सबैभन्दा बढी मूल्यको स्कुटर भित्रिएको छ...

अलिशा राईको नयाँ रोजाइ: ओमोडा ई–फाइभ, गरियो गाडी डेलिभरी

अलिशा राईको नयाँ रोजाइ: ओमोडा ई–फाइभ, गरियो गाडी डेलिभरी

काठमाडौँ – चर्चित नायिका तथा उद्यमी अलिशा राईले ‘ओमोडा ई–फाइभ लक्जरी...

फक्सवागनको गहिरिदो संकट, ईभी ब्रान्डका कारण चीनमा समेत भविष्य अनिश्चित बन्दै

फक्सवागनको गहिरिदो संकट, ईभी ब्रान्डका कारण चीनमा समेत भविष्य अनिश्चित बन्दै

चिनियाँ अटो पारखीले दशकौदेखि मन पराउँदै आएको जर्मन ब्रान्ड फक्सवागन अहिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...