मारुती सुजुकीको फ्रङ्क्स एसयूभी, यस्तो छ विशेषता

मारुती सुजुकीले नयाँ क्रसओभर फ्रङ्क्सलाई अटो एक्सपो २०२३ मा सार्वजनिक गरेको थियो । सो एसयूभी परीक्षणको समयमा पनि धेरै पटक देखिएको छ । त्यसयता लगातार यसले चर्चा पाइरहेको छ ।

फ्रङ्क्सको अगाडिको भाग मारुती ग्रान्ड भिटाराबाट प्रेरित छ । सो क्रसओभर ह्याचब्याकमा स्प्लिट हेडलाइट डिजाइनको साथ अपराइट फ्रन्ट समावेश छ । ग्रान्ड भिटारा जस्तै नयाँ फ्रङ्क्स क्रसओभर ह्याचब्याकको हेडलाइट फ्रन्ट बम्परको साइडमा राखिएको छ ।

फ्रङ्क्सको पछाडिको भागमा ज्यामितीय डिजाइनका साथ १६ इन्च अलोय ह्विल समावेश छ । यसको रियरमा सार्प विन्डस्क्रिन र कनेक्टेड एलईडी टेललाइट समावेश छ ।

फ्रङ्क्सको क्याबिन बलेनोमा आधारित छ । यसको ड्यासबोर्डमा प्लाष्टिक र सफ्ट टच सामग्री उपलब्ध नभएको महसुस हुन्छ । यसको सिट आरामदायी छ र पछाडिको भागमा आर्मरेस्ट दिइएको छ । यसमा ड्युअल टोन थिम भएको क्याबिन र ९ इन्च इन्फोटेनमेन्ट स्क्रिन दिइएको छ ।

सेफ्टीका लागि यसमा ६ एयरब्याग, ईबीडीको साथ एबीएस, ईएसपी, हिल होल्ड असिस्ट, रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा, डे/नाइट आईआरभीएम र चाइल्ड सिटका लागि आइसोफिक्स एंकर प्वाइट दिइएको छ । नयाँ फ्रङ्क्स ६ रङमा उपलब्ध छ ।

यो नयाँ एसयूभी ९९८ सीसी टर्बोचाज्र्ड ३ सिलिन्डर र १.२ लिटर नेचुरली एस्पिरेटेड के१२सी इन्जिनको विकल्प दिइएको छ । सो दुबै इन्जिनमा माइल्ड हाइब्रिड प्रविधि समावेश छ ।

फ्रङ्क्सको १.२ लिटर नेचुरली एस्पिरेटेडले ६००० आरपीएममा ८८.५ बीएचपीको पावर र ४४०० आरपीएममा ११३ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ५ स्पिड म्यानुअल र अटोमेटिक गियरबक्सको विकल्प रहेको छ । यसको ३ सिलिन्डर बुस्टरजेट इन्जिनले ५५०० आरपीएममा ९८.७ बीएचपीको पावर र २०००–४४०० आरपीएममा १४७.६ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स दिइएको छ ।

फ्रङ्क्सको लम्बाई ३९९५ एमएम, चौडाइ १७६५ एमएम, उचाइ १५५० एमएम, २५२० एमएम लामो ह्वीलबेस र १९० एमएम ग्राउन्ड क्लियरेन्स छ ।

सम्बन्धित समाचारहरू

मारुती सुजुकी ब्रेजा पहिलेभन्दा सुरक्षित ! अब बेस भेरिएन्टमा ६ वटा एयरब्याग उपलब्ध हुने

मारुती सुजुकी ब्रेजा पहिलेभन्दा सुरक्षित ! अब बेस भेरिएन्टमा ६ वटा एयरब्याग उपलब्ध हुने

मारुती सुजुकी ब्रेजा अब पहिले भन्दा महँगो भएको छ र यसको मूल्य ८ लाख ६९ हजार...

१० लाख नयाँ कार र व्याट्री उत्पादन गर्न मारुती सुजुकीको २ नयाँ प्लान्ट उद्घाटन

१० लाख नयाँ कार र व्याट्री उत्पादन गर्न मारुती सुजुकीको २ नयाँ प्लान्ट उद्घाटन

मारुती सुजुकीले भारतमा हिँजो नयाँ उत्पादन प्लान्टको उद्घाटन गरेको छ ।...

जापानमा सार्वजनिक भयो उत्कृष्ट फिचर सहित ६६० सीसीको नयाँ सुजुकी अल्टो

जापानमा सार्वजनिक भयो उत्कृष्ट फिचर सहित ६६० सीसीको नयाँ सुजुकी अल्टो

सुजुकीले सुजुकी अल्टोको नवौं पुस्ताको मोडल जापानी बजारमा सार्वजनिक गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...