भेस्पा र अप्रिलियाको आधिकारिक वितरक अब भिमसरिया ग्रुप, दुगडबाट खोसियो डिलरसिप

काठमाडौं – नेपाली बजारमा भेस्पा र अप्रिलिया स्कुटर बिक्री–वितरण गरिरहेको दुगड ग्रुप अन्तर्गतको दुगड ब्रदर्स एन्ड सन्सबाट डिलरसिप खोसिएको छ । अब सो समूह यी दुई स्कुटर ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता हुने छैन ।

पहिले डी–लाइफ स्टाइल आधिकारिक वितरक रहेकोमा दुगड ग्रुपले यी दुई ब्रान्डको डिलरसिप आफू मातहत ल्याएको थियो । तर हाल दुगड समूहबाट समेत यो ब्रान्ड खोसिएको छ ।

मोबाइल र अन्य व्यवसायमा संलग्न भिमसरिया ग्रुप अब यी दुई ब्रान्डको आधिकारिक वितरक भएको छ । सो समूहले समेत आफूहरु आधिकारिक वितरक तोकिएको पुष्टि गरेको छ ।

यो भन्दा पहिले रोयल इन्फिल्ड मोटरसाइकलको डिलरसिप पनि दुगड ग्रुपबाट त्रिवेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोटिभले लिएको थियो ।

नेपाली बजारमा हाल भेस्पा र अप्रिलिया स्कुटर तुलनात्मक रुपमा राम्रै चलेको ब्रान्डमा पर्छन् । यद्यपि बजार व्यवस्थापन लगायतका कार्य सन्तोषजनक नभएको गुनासो भने सुनिने गरेको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...