इनड्राइभ प्रयोगकर्तालाई ८ लाखसम्मको दुर्घटना बीमा, सलिको र इनड्राइभबीच सम्झौता
सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेड र इनड्राइभ नेपालबीच...
कार निर्माता कम्पनी बीवाईडीले नयाँ इलेक्ट्रिक कार सिगल सार्वजनिक गरेको छ ।
बीवाईडी सिगल ईभी टाटा टियागो ईभी भन्दा अलि लामो छ । यसको लम्बाई ३७८० एमएम, चौडाइ १७१५ एमएम र उचाइ १५४० एमएम छ । सो कार ई–प्लेटफर्म ३.० च्यासिसमा बनाइएको छ ।
बीवाईडी सिगल एलईडी हेडलाइटको साथमा स्पोर्टी देखिन्छ । यसको फ्रन्टमा बम्परको तल्लो भागमा ठूलो ट्रापेजोइडल एयर इन्टेक र बुटको ढक्कनमा स्पोइलर छ । यो डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल र इन्फोटेनमेन्ट सिस्टमको लागि ठूलो टचस्क्रिनको साथ आउने अपेक्षा गरिएको छ ।
यसमा पहिलो पटक सोडियम आयोन ब्याट्री प्रयोग गरिने छ । सोडियम आयोन ब्याट्री उत्पादन गर्न सस्तो हुनुका साथै चिसो तापक्रमबाट पनि कम प्रभावित हुन्छन्। सोडियम आयोन ब्याट्रीको चार्जिङ रेट स्लो हुनुका साथै ऊर्जा घनत्व पनि कम छ।
रिपोर्ट अनुसार सो कारले एक पटक चार्जमा ४०५ किमीको रेन्ज दिनेछ । यो इलेक्ट्रिक ह्याचब्याकमा २ वटा इलेक्ट्रिक मोटर विकल्प उपलब्ध हुनेछ । यसले ९४ एचपीको पावर जेनेरेट गर्छ । सिगल ईभी १३० किमी प्रतिघण्टाको टप स्पिडमा आउनेछ ।
बीवाईडी सिगल आधिकारिक रुपमा १८ अप्रिलमा सांघाई अटो शोमा सार्वजनिक गरिनेछ । कम्पनीले यो कार भविष्यमा नेपालमा पनि लन्च गर्ने अपेक्षा गर्न सकिन्छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेड र इनड्राइभ नेपालबीच...
सोनी र होन्डाको संयुक्त समन्वयमा सोनी होन्डा मोबिलिटीले लास भेगासमा...
नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले लक्जरी, स्टाइल र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...