अनलाइनबाटै गाडी भाडामा लिन सकिने, सजिलो रेन्टलले ल्यायो यस्तो सुविधा

सजिलो रेन्टलले अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै आएको छ । यो सुविधा नेपालमै पहिलो पटक प्रदान गर्न लागिएको दाबी गरिएको छ ।

‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइट मार्फत ग्राहकहरुले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारी धनीहरुले सजिलै गाडी भाडामा दिन सक्छन् । सन् २०२१ को जनवरी महिनामा लन्च भएको सजिलो रेन्टल एपले गाडी आवश्यक भएका ग्राहकहरुलाई सफा, स्वच्छ र आरामदायी कार, जीप, हायस, कोस्टर तथा पर्यटकीय बसहरु सजिलो गरी उपलब्ध गराउँदै आएको छ ।

परिवार तथा इष्टमित्रसँग कतै घुम्न जानु पर्यो भने गाडी रिजर्भका लागि दुविधामा परी अल्लमल्ल हुन्छन्, मानिसहरुले भोग्ने यस्तै समस्या समाधानका लागि सजिलो रेन्टलको विकास गरेको कम्पनीका संस्थापक दामोदर फुयाँल (प्रज्वल)ले बताए ।

सजिलो रेन्टलले नेपालमा बस्ने मानिसहरुलाई मात्रै नभई विदेशबाट नेपाल फर्किने तयारी गरिरहेकाहरुलाई पनि सेवा दिन्छ । कम्पनीले नेपालका सातै प्रदेशका प्रमुख सहरहरु पोखरा, चितवन, बुटवल, धनगडी, नेपालगन्ज, इटहरी, बिर्तामोड र काठमाडौँमा सेवा प्रदान गर्दै आइरहेको छ ।

यात्राको क्रममा हुने जोखिम न्युनिकरणका लागि ग्राहकले रिजर्भ गर्ने गाडीमा अनुभवी ड्राइभर उपलब्ध गराइने कम्पनीले जनाएको छ । ग्राहकले न्युनतम चार घन्टादेखि १ महिना वा त्योभन्दा बढी समयका लागि आवश्यक परेको कार, स्कर्पियो, हायस वा बस भाडामा लिन सक्छन् । सजिलो रेन्टल मार्फत सवारीधनीले सहज र सरल ढङ्गबाट आफ्नो आम्दानी बढाउन सक्छन् ।

सेजिलो रेन्टलका ग्राहकहरुले परम्परागत शैलीमा गाडी मिलाइदिने ब्रोकरलाई अनावश्यक रकम भुक्तानी गर्नु पर्दैन भने वित्तीय पारदर्शीता पनि प्रर्वद्धन गर्ने योजना रहेको व्यवस्थापक जर्नादन गौतमले बताए ।

पछिल्लो समय कम्पनीले ‘कारपुल’ को समेत व्यवस्था गरेको छ । कारपुल भनेको गाडी यात्राको साझेदारी हो, जसमा एकभन्दा बढी व्यक्तिले न्यूनतम मूल्यमा यात्रा गर्न पाउछन् । यो अवधारणा नेपालमा कोभिड र नाकाबन्दीको समयमा चलेको थियो ।

कारपुल सेवा अन्तर्गत ग्राहकहरुले सजिलै आफ्नो गन्तव्यमा पुग्नका लागि सोहि ठाउँमा जाने योजना बनाएका मानिसका बिचमा सम्पर्क गराउँछ । यो फिचर प्रयोग गर्दा यात्रुहरुले कम्पनीलाई कुनै शुल्क बुझाउन पर्दैन । कारपुलको मुख्य फाइदा निरन्तर यात्रा गरिरहने यात्रुहरुलाई हुन्छ । यो सेवा लिँदा यात्रा गरिराख्ने यात्रुले बजारमा गएर गाडी छान्नु पर्ने तथा गाडी समयमा नआउदा पर्ने मानसिक समस्याको सहज समाधान गर्न सक्छ ।

सञ्चालनमा आएको १ वर्षमा नै कम्पनीले नेपालभरी करिब २ हजार ५०० गाडीहरुबाट सेवा प्रदान गरिरहेको छ । विश्व प्रविधिमैत्री भइरहँदा सहज तरिकाबाट गाडी भाडामा लिने र दिने प्रवृतिको विकासका लागि सजिलो रेन्टल मोबाइल एप सञ्चालनमा आएको हो ।

एण्ड्रोइड फोनका प्रयोगकर्ताले गुगल प्ले तथा आइफोनका प्रयोगकर्ताले एप्पलको एप स्टोरबाट सजिलो रेन्टल एप डाउनलोड गरी सेवा सुरु गर्न सक्छन् । काठमाडौंको पुतली सडकमा कार्यालय रहेको सजिलो एपको उपलब्ध गराइएको मेसेन्जरबाट पनि सिधै सवारी साधन बुक तथा जानकारी लिन सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचारहरू

ललितपुर महानगरका यी सडक बने एकतर्फी, ट्राफिक व्यवस्थानका लागी यस्ता छन् नयाँ योजना

ललितपुर महानगरका यी सडक बने एकतर्फी, ट्राफिक व्यवस्थानका लागी यस्ता छन् नयाँ योजना

ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई विशेष योजना बनाएर...

रसुवागढी–केरुङ नाका आजबाट सञ्चालनमा आउने

रसुवागढी–केरुङ नाका आजबाट सञ्चालनमा आउने

कोरोना संक्रमण फैलिएसँगै बन्द रहेको रसुवागढी–केरुङ नाका बिहीबारदेखि...

ड्राइभिङ लाइसेन्सकाे नयाँ नियम लागु हुने

ड्राइभिङ लाइसेन्सकाे नयाँ नियम लागु हुने

काठमाडौं- सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...