पोखरामा शुभारम्भ भयो आईएमई मोटर्स र अशोक लेल्यान्डको नयाँ शोरुम र सर्भिस सेन्टर

पोखरा – अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले आज पोखरामा आफ्नो स्टाइलिस, बेस्ट–इन–क्लास शोरुम र स्टेट–अफ–द–आर्ट सर्भिस सेन्टरको शुरुवात गरेको छ ।

नयाँ सुविधायुक्त सेवा पोखरा–बाग्लुङ राजमार्गको पर्स्याङमा अवस्थित छ । अत्याधुनिक शोरुमले अग्रणी ब्रान्ड अशोक लेल्यान्डका फुल रेन्ज सवारी साधन उपलब्ध गराउने छ । ग्राहकले आफ्नो अनुकूलता अनुसार विभिन्न मोडलको स्पेसिफिकेसन तथा फिचर तुलना गरी आफूलाई उपयुक्त सवारी साधन छनोट गर्न सक्ने कम्पनीको भनाइ छ ।

आधिकारिक सर्भिस सेन्टर, पीके ट्रेडिङ, सँग अनुभवी तथा तालिमप्राप्त र सिपयुक्त प्राविधिकहरुको समूह छ, जसले अशोक लेल्यान्डका सबै कमर्सियल सवारी साधन मोडलमा भएका समस्याको निदान र मर्मत गर्न सक्छन् । मर्मत कार्यलाई छिटो र कुशलतापूर्वक सम्पन्न गर्ने सुनिश्चितताका लागि सर्भिस सेन्टर अत्याधुनिक टुल्स र इक्विपमेन्टले सुसज्जित छ । सवारी साधन चलायमान गराइ राख्नका लागि सर्भिस सेन्टरले नियमित मर्मत सेवा समेत प्रदान गर्छ ।

स्पेयर पार्ट्स डिपार्टमेन्टले सबै प्रकारका कमर्सियल सवारी साधनका लागि उपयुक्त जेन्युइन पार्ट्सको स्टक उपलब्ध गराउछ । आफ्नो सवारी साधनमा फिट हुने र प्रभावकारी रुपमा कार्य गर्ने गरी डिजाइन गरिएका स्पेयर पार्ट्स यहाँ उपलब्ध हुने भएकाले ग्राहक ढुक्क हुन सक्छन् ।

कमर्सियल सवारी साधन धनी आफ्नो जीविकोपार्जनका लागि आफ्नो त्यही सवारी साधनमा भर पर्छन् भन्ने कुरा अशोक लेल्यान्डले बुझेको कम्पनीको भनाइ छ । त्यसैले कम्पनीले आफ्ना ग्राहकलाई उच्चतम स्तरको सेवा उपलब्ध गराउन यो नयाँ शोरुम र सर्भिस सेन्टरमा लगानी गरेको जनाएको छ ।

शोरुम र सर्भिस सेन्टरको उद्घाटन गर्दै आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले भने, ‘हाम्रो प्रतिवद्ध ग्राहक केन्द्रीत रणनीतिको एक हिस्साका रूपमा हामी हाम्रो डिलरशिप नेटवर्क विस्तार गर्न सधैं तत्पर छौं । नेपालका सबै प्रमुख सहरहरूमा फैलिएको हाम्रो विद्यमान व्यापक नेटवर्कमा नयाँ आउटलेटहरूलाई स्वागत गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं । थप भएका यी आउटलेटहरूले ग्राहकहरुलाई सजिलो र सहज पहुँच प्रदान गर्ने मात्र नभई हाम्रा आदरणीय ग्राहकहरूलाई विश्व स्तरको अनुभव पनि दिनेछ ।’

ग्राहक सेवा र सन्तुष्टिमा पूर्ण ध्यान केन्द्रित गर्दै आईएमई मोटर्स/अशोक लेल्यान्ड ग्राहकका माग र अपेक्षाहरू पूरा गर्न प्रतिबद्ध भएको बताएको छ । कम्पनीका प्रमुख दुई रणनीतिक पिलर ‘सेल्स पोइन्टमा बेस्ट–इन–क्लास ग्राहक अनुभव’ र ‘छिटो र भरपर्दो बिक्री पछिको सेवा’ भएको बताइएको छ ।

आईएमई मोटर्सले विश्वस्तरीय रिटेल ब्रान्ड अफरिङ र उत्कृष्ट सवारी साधन स्वामित्व अनुभव सुनिश्चित गर्दै ग्राहक सेवा अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिने बताएको छ ।

साथै, आईएमई मोटर्सले दीर्घकालीन अवधिका लागि प्रतिस्पर्धी ब्याजदरमा सहज र छिटो ऋण उपलब्ध गराउन एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, भएएचपीपीएल (भेन्चर हायर पर्चेज प्रालि) र नबिल बैंकसँग सम्झौता गरेको छ ।

अशोक लेल्यान्ड नेपालको अग्रणी व्यावसायिक सवारी साधन बिक्री गर्ने ब्रान्ड हो र आईएमई मोटर्स नेपालमा अशोक लेल्यान्ड सवारी साधनको एकमात्र आधिकारिक वितरक हो ।

ग्राहकहरूका लागि नयाँ र समसामयिक सेटअपहरू प्रस्तुत गर्दै आइरहेको आईएमई मोटर्स/अशोक लेल्यान्डले नेपाली बजारमा अझ गहिरो पहुँच राख्ने र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने अर्को थप कदमको रुपमा यो कार्य अगाडि बढाएको जनाएको छ ।

छिटो र भपरर्दो ‘बिक्री पछिको सेवा’ उपलब्ध गराउने उद्देश्यका साथ पहुँच र उपलब्धताको हिसाबले अशोक लेल्यान्डको देशभर उत्कृष्ट नेटवर्क उपलब्ध छ । अशोक लेल्यान्डका पहिले नै देशभर १८ आउटलेट छन् भने निकट भविष्यमै ४ थप आउटलेट सञ्चालनमा आउँदै छन् । त्यसैगरी हाल देशभर ४८ स्पेयर पार्ट्स आउटलेट छन् भने २० आउटलेट सञ्चालनमा आउँदै गरेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

आईएमईसँगको सहकार्यमा अशोक लेल्यान्डले नेपाली बजारमा ल्यायो लेपावर जेनसेट

आईएमईसँगको सहकार्यमा अशोक लेल्यान्डले नेपाली बजारमा ल्यायो लेपावर जेनसेट

काठमाडौँ – कमर्सियल सवारी साधन र पावर सोलुसनको क्षेत्रमा परिचित कम्पनी...

गुरुजीबाट साहुजी बनाउने अशोक लेल्यान्डको योजना, १ लाख ५० हजारमै दोस्त सिरिजका गाडी

गुरुजीबाट साहुजी बनाउने अशोक लेल्यान्डको योजना, १ लाख ५० हजारमै दोस्त सिरिजका गाडी

काठमाडौं – अशोक लेल्यान्ड गाडीका लागि नेपालको आधिकारिक बिक्रेता आइएमई...

नेपालगञ्जमा अब अशोक लेल्यान्डको नयाँ रिटेल पार्ट्स आउटलेट

नेपालगञ्जमा अब अशोक लेल्यान्डको नयाँ रिटेल पार्ट्स आउटलेट

परिचित कमर्सियल सवारी साधन निर्माता कम्पनी अशोक लेल्यान्डले विशेष रिटेल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...