क्विलिन देखि सोडियम आयोन ब्याट्री विकास गर्दै सीएटीएल : बढ्दै इलेक्ट्रिक कारको रेन्ज

अमेरिकाबाट प्रकाशित हुने प्रतिष्ठित पत्रिका ‘टाइम’ ले ‘सन् २०२२ का सबैभन्दा ठूला आविष्कार’ मा सीएटीएलले उत्पादन गरेको क्विलिन ब्याट्रीलाई समेत समावेश ग-यो । चीनमा पाइने कुनै एक जीवको नामबाट राखिएको क्विलिन ब्याट्री अर्को वर्ष देखि बजारमा आउने शुरु हुनेछ र यसले सिंगल चार्जमा ६२१ माइल अर्थात करिव १ हजार किलोमिटर भन्दा बढी रेन्ज दिनेछ । यसमा भएको नयाँ सेल–टु–प्याक अर्थात सीटीपी टेक्नोलोजीबाट पावर आउने सो ब्याट्रीको बनावट परम्परागत मोड्युल भन्दा फरक हुन्छ ।

इलेक्ट्रिक सवारी साधनमा प्रयोग हुने ईभी ब्याट्री उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी सीएटीएलले टेस्लालगायतका विभिन्न कम्पनीका लागि ब्याट्री उपलब्ध गराउछ । नेपाली बजारमा उपलब्ध होजोनअटोमोबाइलको नेटा भी इलेक्ट्रिक कारमा समेत सीएटीएलकै ब्याट्री प्रयोग गरिएको छ । यसको अर्थ भविष्यमा नेटा भी लगायतका विभिन्न इलेक्ट्रिक कारमा समेत सीएटीएलका अझै बढी रेन्ज दिने र गुणस्तरीय ब्याट्री प्रयोग हुने अनुमान गर्न सकिन्छ ।

हाल इलेक्ट्रिक सवारी साधन प्रयोगकर्ताहरुका लागि सबैभन्दा ठूलो चिन्ताको विषय नै रेन्ज हो । तर सीएटीएलका ब्याट्री गुणस्तरीय हुनुका साथै रेन्जको मामिलामा समेत अब्बल छन् । हाल नेपाली बजारमा उपलब्ध नेटा भीले समेत एक पटकको फुल चार्जमा ३८० किलोमिटर भन्दा बढी रेन्ज दिने कम्पनीको भनाइ छ । सीजी मोटर्सले नेटा भी इलेक्ट्रिक कार बिक्री–वितरण गरिरहेको छ । आगामी दिनमा अझै बढी रेन्ज दिने गरी सीएटीएलले विभिन्न प्रविधिमा कार्य गरिरहेको छ ।

सीएटीएलले आगामी सन् २०२५ सम्म ६७० जीडब्ल्युएच क्षमता हुने अनुमान गरिएको छ भने सन् २०२६ सम्म १ हजार २ सय जीडब्ल्युएच हुने कम्पनीले बताएको छ ।

स्केटबोर्ड च्यासिस
होजोन र सीएटीएल मिलेर बडी–अन–फ्रेम आर्किटेक्चरमा कार्य गरिरहेका छन् । सन् २०२४ को अन्त्यमा यस अनुसारको पहिलो मोडल बजारमा आउने अनुमान गरिएको सो आर्किटेक्चरलाई सामान्यतः स्केटबोर्ड च्यासिस भनिन्छ । यसमा ब्याट्री, इलेक्ट्रिक मोटरर अन्य इलेक्ट्रिक कम्पोनेन्ट राख्न सहज हुने गरी निर्माण गरिने छ ।

इलेक्ट्रिक कारका लागि निर्माण गरिने सो आर्किटेक्चर अनुसारको च्यासिसले गाडीको मूल्यमा कमी ल्याउन सहयोग गर्नुका साथै ड्राइभिङ रेन्ज बढाउने छ भने ड्राइभर र प्यारेन्जका लागि अझै थप लेगरुम उपलब्ध गराउने छ ।

सोडियम आयोन ब्याट्री
यसैगरी सीएटीएलले हाल बजारमा उपलब्ध लिथियम आयोन ब्याट्री भन्दा शक्तिशाली छुट्टै प्रविधिको सोडियम आयोन ब्याट्री उपलब्ध गराउने घोषणा समेत गरिसकेको छ । सो ब्याट्रीको इनर्जी डेन्सिटी बढी हुनेछ भने १५ मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिने छ । त्यसैगरी माइनस २० डिग्री सेल्सियस सम्मको चिसोमा पनि यसले राम्रो काम गर्नेछ भने यसको ९० प्रतिशत सम्म क्षमताको उपयोग गर्न सकिने छ ।

सोडियम आयोनको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको यो कम ज्वलनशील प्रकृतिको हुन्छ भने यसका लागि आवश्यक कच्चा पदार्थ समेत प्रशस्तै मात्रामा उपलब्ध हुन्छ । हाल प्रचलित लिथियम भन्दा सोडियम १ हजार गुणा बढी पाइन्छ ।

सम्बन्धित समाचारहरू

चांगानको प्रतिष्ठित ‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’ बाट सम्मानित भयो एमएडब्लु वृद्धि

चांगानको प्रतिष्ठित ‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’ बाट सम्मानित भयो एमएडब्लु वृद्धि

काठमाडौं – नेपालका लागि चांगान तथा दिपलका फ्युचरिस्टिक ईभीको आधिकारिक...

कोरला नाकाबाट पहिलो पटक भित्रिए १०० भन्दा बढी ईभी

कोरला नाकाबाट पहिलो पटक भित्रिए १०० भन्दा बढी ईभी

मुस्ताङ – लोमान्थाङस्थित कोरला नाकाबाट १०० बढी विद्युतीय सवारी आयात...

बीवाईडीले ल्यायो ९ मिनेटमै फुल चार्ज हुने नयाँ एसयूभी, यस्तो छ विशेषता

बीवाईडीले ल्यायो ९ मिनेटमै फुल चार्ज हुने नयाँ एसयूभी, यस्तो छ विशेषता

बीवाईडीले आफ्नो घरेलु बजार चीनमा नयाँ मिडसाइज एसयूभी सङ अल्ट्रा ईभी लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...