आइमा टाइगर एक्स६११ : ३ लाख मूल्यमै आकर्षक र शक्तिशाली इलेक्ट्रिक स्कुटर

नेपाली बजारमा उपलब्ध आइमाका विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर मध्ये आइमा टाइगर एक्स६११ एक हो । नेपाली बजारमा हिमाल ईभी मोटर्सले आइमाका इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको छ ।

हेर्दा निक्कै बोल्ड देखिने यो स्कुटर झट्ट हेर्दा पेट्रोलबाट चल्ने स्कुटर जस्तो देखिन्छ । स्कुटरको समग्र आकार नै ठुलो छ । बाइक वा पेट्रोलको कुनै पनि स्कुटर त्यागेर यो स्कुटर चलाउँदा डोमिनेट फिल गर्नु पर्दैन । झन सानदार देखिन्छ । आकारमा मात्र नभएर यसको बिल्ड क्वालिटी पनि निक्कै गुणस्तरीय छ ।

६० भोल्ट र २८.६ एएचको लिथियम ब्याट्री भएको यो स्कुटरले एकपटकको फुल चार्जमा करिब ९० किलोमिटरको रेन्ज दिन्छ । घरको सामान्य प्लगमा जोडेर पनि करिब ५ घण्टामा यसलाई फुल चार्ज गर्न सकिने छ । २१०० वाटको पिक पावर भएको वोस्क कम्पनीको मोटर जडित यो स्कुटरले १५० किलोग्रामको वजनलाई १५ डिग्रीको उकालोमा तान्न सक्ने क्षमता राख्दछ । यसको मतलव २ जना व्यक्तिलाई शहरबजार तथा तराइको बाटोमा यसले सजिलै तान्न सक्दछ ।

यसको अगाडि र पछाडि १२ इन्चको व्हिल दिइएको छ भने यसको ग्राउण्ड क्लियरेन्स १४० एमएम रहेको छ । दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ । यसमा २० लिटरको बुटस्पेस रहेकाले सबैखाले हेलमेट सजिलै राख्न मिल्छ । यो स्कुटरमा सिंगलब्याट्री मात्र नभई दुइवटा ब्याट्री राख्नका लागि पनि अलग्गै ब्याट्री कम्पार्टमेन्ट बनाएर पठाएको छ । जसका कारण धेरै रेन्ज चाहनेहरुका लागि यो उचित छनौट हुन सक्नेछ । एलईडी हेडल्याम्प, डिजिटल डिस्प्ले, एन्टिथेप्ट सिस्टम, रिमोट कन्ट्रोल, किलेस युजेज, ब्लुटुथ कनेक्टिभिटी लगायतका फिचर यो स्कुटरमा दिइएको छ ।

अगाडिको भागमा मोबाइल चार्जरसँगै दुइवटा स्पिकर समेत जडान गरिएको छ । यो स्कुटरको अधिकतम गति ६५ किलोमिटर प्रतिघण्टा रहेको छ भने यसको मोटर तथा ब्याट्री दुबैमा २ बर्षको वारेन्टी दिइएको छ ।

यसको मुल्य ३ लाख ३० हजार रुपैयाँ राखिएको भए तापनि अहिले यसमा नयाँ वर्ष २०८० को अवसरमा २५ हजार रुपैयाँ छुट दिएर जम्मा ३ लाख ५ हजार रुपैयाँमा बिक्री भइरहेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

विद्युतीय सवारीको कर निर्धारण गर्दा ध्यान दिन सर्वोच्च अदालतको आदेश

विद्युतीय सवारीको कर निर्धारण गर्दा ध्यान दिन सर्वोच्च अदालतको आदेश

काठमाडौं – नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ख्याल गर्न भन्दै...

ट्याक्सीको लागि नयाँ मापदण्ड तयार हुँदै, यस्तो हुनेछन् अवका साधारण र विशेष ट्याक्सी

ट्याक्सीको लागि नयाँ मापदण्ड तयार हुँदै, यस्तो हुनेछन् अवका साधारण र विशेष ट्याक्सी

काठमाडौं – संघीय सरकारले ट्याक्सीको लागि नयाँ मापदण्ड निर्माण लगभग अन्तिम...

म्याक्सस ब्रान्डका ईभी पिकअप र एमपीभी अब हिमालय मोट्रक्सले बिक्री गर्ने, मूल्य सार्वजनिक

म्याक्सस ब्रान्डका ईभी पिकअप र एमपीभी अब हिमालय मोट्रक्सले बिक्री गर्ने, मूल्य सार्वजनिक

काठमाडौं – नेपाली बजारमा एसएआईसी ग्रुप अन्तर्गतको चिनियाँ ब्रान्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...