आइमा इलेक्ट्रिक स्कुटरमा २५ हजार सम्म छुट, यस्तो हुनेछ अबको मूल्य

काठमाडौं – नेपाली बजारमा आइमा इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको हिमाल ईभी मोटर्सले ‘नयाँ बर्षको बहार आइमामा उपहार’ नामक नयाँ वर्ष अफर ल्याएको छ । यस अन्तर्गत आइमाका स्कुटरको खरिदमा २५ हजार रुपैयाँ सम्मको बम्पर छुट प्राप्त हुनेछ ।

नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा आइमाले नेपालमा आफ्नो विभिन्न मोडलका स्कुटरहरुमा बम्पर छुटको अवसर लिएर आएको बताएको छ । यो बम्पर छुटको अभियान अन्र्तगत ग्राहकहरूले १ लाख ८४ हजार मूल्यको टाइगर एस३ मोडल खरिद गर्दा २४ हजार र ३ लाख ३३ हजार मूल्यको टाइगर एस६११ खरिद गर्दा २५ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् ।

यी दुबै मोडलहरुको छुट पछिको मूल्य क्रमशः १ लाख ६० हजार र ३ लाख ५ हजार मात्र हुनेछ ।

ग्राहकहरूले आइमाको बम्पर नगद छुट मात्र नभई हरेक स्कुटरको खरिदमा एउटा हेलमेट सित्तैमा उपहार पनि पाउन सक्नेछन् । साथै चालु आर्थिक वर्षको कर समेत आइमाको बिक्रीकर्ताले नै भुक्तान गरिदिनेछ भने ईएमआई फाइनान्सिङ र एक्सचेन्जको सुविधालाई समेत यथावत राखिएको छ ।

ग्राहकहरूले हाल प्रयोग गरिरहेका जुनसुकै कम्पनीका पेट्रोल वा विद्युतबाट चल्ने पुराना बाइक तथा स्कुटर आइमा बिक्रेताको शोरुममा आई साटेर नयाँ आइमा स्कुटर खरिद गर्न सकिने सुविधा समेत उपलब्ध छ ।

चैत्र १५ गते देखि प्रारम्भ भएको यो बम्पर अफर आगामी २०८० बैशाख ३१ गते सम्मको लागि मान्य हुने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रि भ्यान एसआरएममा दर्शकको आकर्षण, यस्ता छन् विशेषता

इलेक्ट्रि भ्यान एसआरएममा दर्शकको आकर्षण, यस्ता छन् विशेषता

पूजा कन्स्ट्रक्सन नेपालले प्रदर्शनीमा राखेको एसआरएम ब्रान्डका विद्युतीय...

यस्तो छ सिप्रदीले नेपाल ल्याएको मिनी ईभी ट्रक टाटा ‘एस’

यस्तो छ सिप्रदीले नेपाल ल्याएको मिनी ईभी ट्रक टाटा ‘एस’

काठमाडौं– टाटाको पहिलो कमर्सियल ईभी ‘एस’ नेपाली बजारमा भित्रिएको छ । सो...

थपियो अर्को मल्टी ब्रान्ड स्कुटर शोरुम, बिक्रीका साथै परामर्श र सर्भिसिङ पनि गरिने

थपियो अर्को मल्टी ब्रान्ड स्कुटर शोरुम, बिक्रीका साथै परामर्श र सर्भिसिङ पनि गरिने

काठमाडौं – पछिल्लो समयमा विशेष गरी इलेक्ट्रिक स्कुटरका मल्टी ब्रान्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...