९९ किलोवाटमै एमजी जेडएस ईभी, बुकिङ खुल्ला (मूल्य र फिचर सहित)

काठमाडौँ – एमजी गाडीको नेपालका लागि आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँँ इलेक्ट्रिक भेरिएन्टको एसयूभी एमजी जेडएसको प्रि–बुकिङ खुल्ला गरेको छ ।

यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्युएचको ब्याट्री क्षमता रहेको कम्पनीले जनाएको छ । आधा घण्टामै ८० प्रतिशत चार्ज हुने यसको ब्याट्रीले सिंगल चार्जमै ३२० किलोमिटरको वाइड रेन्ज प्रदान गर्ने पनि कम्पनीले जानकारी दिएको छ । सो एसयूभीको ब्याट्री वारेन्टी भने ८ वर्षको रहेको छ ।

सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग, इएसपी, इएबी, एचडीसी, अटो होल्ड जस्ता फिचरहरु राखिएका छन् भने मनोरन्जनको लागि प्रिमियम पानोरमिक सनरुफ, डीएबी रेडियो र ब्लुटुथयुक्त १०.१ इन्चको इन्फोटेनमेन्ट सिस्टम आदि उपलब्ध छ ।

यसमा ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, किलेस इन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्रीडी साउन्ड सिस्टम, ड्राइभरको लागि ६वे र फ्रन्ट प्यासेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सिटहरू), ६०÷४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङ जस्ता फिचरहरु राखिएको कम्पनीले जनाएको छ ।

दुई वटा भेरिएन्टमा उपलब्ध उक्त एमजी जेडएस ईभीको कम्फर्ट भेरिएन्टको मूल्य ४८ लाख ४९ हजार राखिएको छ भने डिलक्स भेरिएन्ट्को मुूल्य ५२ लाख ४९ हजार रुपैयाँ ।

सो एसयूभीको डेलिभरी बैशाखबाट गरिने र हाल सो एसयूभीलाई १ लाख डिपोजिट तिरेर प्रि–अर्डर अथवा बुक गर्न सकिने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

अब ३ प्रकारका ट्याक्सी प्रयोगमा आउने, साधारण भन्दा विशेष ट्याक्सीको भाडा दोब्बर बढी

अब ३ प्रकारका ट्याक्सी प्रयोगमा आउने, साधारण भन्दा विशेष ट्याक्सीको भाडा दोब्बर बढी

अब नेपाली सडकमा तीन प्रकारका ट्याक्सी सञ्चालन हुने भएका छन् । भौतिक...

ईभी प्रयोगमा नेपाल विश्वकै दोस्रो स्थानमा, नर्वे पहिलो बन्दा अन्य देशको अवस्था के ?

ईभी प्रयोगमा नेपाल विश्वकै दोस्रो स्थानमा, नर्वे पहिलो बन्दा अन्य देशको अवस्था के ?

काठमाडौं–नेपाल विद्युतीय सवारीसाधन (ईभी) प्रयोगका हिसावले विश्वकै दोस्रो...

सिन्धुलीमा एमजी एस५ ईभीको टेस्ट ड्राइभ

सिन्धुलीमा एमजी एस५ ईभीको टेस्ट ड्राइभ

काठमाडौं – नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...