स्कोडा कुशाकको २०२३ मोडल नेपाल आउँदै, शुरुवाती मूल्य ४९ लाख ९० हजारमा खुल्यो वुकिङ
स्कोडा कुशाकको २०२३ मोडल नेपाल आउने भएको छ । नेपालका लागी आधिकारिक...
स्कोडा अटोले आफ्नो लोकप्रिय कुशाक एसयूभीको नयाँ मोडल लन्च गरेको छ । कम्पनीले सो मोडलको नाम ओनिक्स राखेको छ । कम्पनीले सो मोडलको केही युनिट मात्र उत्पादन गर्नेछ ।
सो एसयूभीले कम्प्याक्ट एसयूभी सेगमेन्टमा फक्सवागन टाइगुन, हुन्डाई क्रेटा, किया सेल्टोस र मारुती सुजुकी ग्रान्ड भिटारासँग प्रतिस्पर्धा गर्नेछ ।
स्कोडा कुशाकको नयाँ मोडलको डिजाइनमा धेरै परिवर्तन गरिएको छ । एसयूभीलाई स्पोर्टी बनाउन यसको साइड प्रोफाइलमा नयाँ ग्राफिक्स पनि डिजाइन गरिएको छ जसले यसलाई निकै आकर्षक बनाएको छ । यसको साथै डीआरएलएसको साथ क्रिस्टलाइन एलईडी हेडलाइट युनिट पनि हुनेछ ।
सो एसयूभीको दुबै छेउमा कर्नरिङ फङसन, रियर डिफोगर र एसयूभीको दुबै छेउमा ओनिक्स ब्याजिङ लाइट पनि हुनेछ । कारमा नयाँ ह्विल कभर, लेदर सिट, ७.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र अटोमेटिक क्लाइमेट कन्ट्रोल हुनेछ ।
सेफ्टीको लागि कुशाक एसयूभीमा ड्युअल फ्रन्ट एयरब्याग, टीपीएमएस, ईएससी साथै अन्य स्ट्यान्डर्ड फिचर्स हुनेछ । स्कोडा कुशाक ओनिक्समा १.० लिटर टीएसआई टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ, जसले ११४ बीएचपीको पावर र १७८ एनएमको टर्क जेनेरेट गर्छ । इन्जिनमा ६ स्पिड म्यानुअल ट्रान्समिसन उपलब्ध हुनेछ ।
स्कोडा कुशाकको २०२३ मोडल नेपाल आउने भएको छ । नेपालका लागी आधिकारिक...
अर्को वर्ष अर्थात जुलाई ११, २०२४ मा फिएटको १२५औं वार्षिकोत्सव हो । सो...
काठमाडौं – एसयूभीको बढ्दो बजारलाई मध्यनजर गरी स्कोडाले आगामी जुलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...