नेपाल भित्रिने तयारीमा टाटा कर्भ ईभी, यस्तो छ तयारी
काठमाडौं – भारतीय बजारमा लन्च भइसकेको टाटाको नयाँ ईभी ‘कर्भ’ नेपाली...
सुन्दर यातायातले विद्युतीय स्कुटरमार्फत राइड सेयरिङ सेवा प्रदान गर्ने भएको छ । कम्पनीले आफैले पेट्रोलियमबाट विद्युतीयमा रुपान्तरण गरेका स्कुटर समेत यसमा प्रयोग हुनेछन् ।
सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाका अनुसार आगामी बैशाख १ देखि विभिन्न चरण गरी ३ चरणमा १०० वटा स्कुटरबाट यो सेवा शुरु गरिने छ । यस अनुसार ५० वटा स्कुटर कम्पनीले नै रुपान्तरण गरेका हुनेछन् भने बाँकी अन्य स्कुटर हुनेछन् । पहिलो चरणमा ३०, दोस्रो चरणमा ३० र तेस्रो चरणमा ४० वटा विद्युतीय स्कुटर राइड सेयरिङका लागि प्रयोग गरिने छन् ।
हाल काठमाडौं उपत्यकामा प्रचलित पठाओ, इन्ड्राइभर लगायतका राइड सेयरिङ सेवामा विद्युतीय स्कुटर प्रयोग भएको पाइदैन । यदि सुन्दर यातायातले यस प्रकारको सेवा शुरु गरेमा नौलो समेत हुनेछ ।
हाल १० वटा स्कुटरबाट यसको परीक्षण भइरहेको छ । नेटवर्क लगायतका पूर्वाधार र अन्य पक्षबारेमा परीक्षण भइरहेको थापाले बताए । प्रचलित मूल्य भन्दा ५० प्रतिशत सस्तो दरमा सेवा उपलब्ध गराइरहेको र राइडरहरुलाई समेत निःशुल्क स्कुटर उपलब्ध गराइरहेकाले यो प्रभावकारी पाइएको उनको भनाइ छ ।
सुन्दर यातायातको राइड सेयरिङ सेवामा जोडिन चाहने राइडरहरुका लागि आवेदन समेत खुला भइसकेको र हाल सम्म १ हजार ६ सय भन्दा बढीले आवेदन दिइसकेको थापाले बताए । दुई पांग्रे सवारी साधनको लाइसेन्स भएका कुनै पनि नेपाली नागरिक यसमा जोडिन सक्ने उनको भनाइ छ ।
यसका लागि आवश्यक स्कुटर समेत राइडरलाई कम्पनीले नै उपलब्ध गराउने छ । स्कुटरको चार्जिङ तथा मर्मतसम्भार खर्च समेत कम्पनीले नै बेहोर्नेछ । कम्पनीले आफ्नो खर्च कटाएर राइडरलाई दैनिक पारिश्रमिक दिने बताइएको छ ।
सुन्दर यातायातको सुन्दर एपमार्फत सेवाग्राहीले आवश्यक रिक्वेस्ट पठाउने र राइडरले उनीहरुलाई पिकअप गर्नेछन् । त्यसैगरी राइडरले प्रयोग गर्ने हेल्मेटको अगाडि र पछाडि क्यामेरा जडान गरिएको हुनेछ । सो क्यामेरामा रेकर्ड भएका फुटेज ७२ घण्टासम्म सुरक्षित रहने भएकाले राइडरले गरेका कुनै दुव्र्यवहारसम्बन्धी उजुरी गर्नुपरेमा यात्रुले उक्त समयभित्र कम्पनीमा जानकारी गराउनुपर्नेछ । राइडर र सेवाग्राही दुवैको दुर्घटना बिमा समेत गरिने छ ।
विद्युतीय स्कुटर भएकाले चार्जिङका लागि थोरै मात्र पैसा खर्च हुने भएकाले यसको सेवा सस्तो हुने बताइएको छ । पहिलो चरणमा काठमाडौं उपत्यकाबाट शुरु गरिने यो सेवा आगामी दिनमा पोखरा र बुटवलमा समेत प्रारम्भ गरिने बताइएको छ ।
काठमाडौं – भारतीय बजारमा लन्च भइसकेको टाटाको नयाँ ईभी ‘कर्भ’ नेपाली...
काठमाडाैँ -गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतम बुद्धको...
बीवाइडीको लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक डल्फिनले अष्ट्रेलियन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...