निसान गाडी किन्न नबिल बैंकले अटो लोन दिने, बेस रेटमा ३.५० देखि ५ प्रतिशत बढी ब्याजदर

काठमाडौं – नेपालका लागि निसानको आधिकारिक विक्रेता पायोनियर माटोकर्प प्रालिले बिक्री गर्दै आएको गाडीमा नबिल बैंकले कर्जा दिने भएको छ।

बैंक र पायोनियर बीच भएको सम्झौँता अनुसार अब निसानका गाडी खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट सहजै कर्जा लिन सक्नेछन्।

दुई संस्थाबीच भएको सम्झौँतापत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियर मोटोकर्पको तर्फबाट सह-महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका हुन्।

सम्झौँता पछि निसानले उत्पादन गरेका गाडीहरु खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यो सहयोगले निसान गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई सुलभ र सहज वित्तीय सेवाहरू प्रदान गर्ने लक्ष्य राखिएको बताइएको छ ।

ईभीको लागि बेस रेटमा ३.५० देखि ५ प्रतिशत सम्म बढी ब्याजदर हुनेछ भने केवल २० प्रतिशत डाउन पेमेन्टमा ग्राहकहरु निसान ईभीको मालिक बन्न सक्ने छन् ।

नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको यो योजना अन्तर्गतको कर्जा सुविधा पायोनियर मोटोकर्पको आधिकारिक विक्रेता र र नबिल बैंकका देशभर रहेका २४८ सबै शाखाहरुबाट नेपालभरी लागु हुने बताइएको छ।

सम्बन्धित समाचारहरू

‘सुस्तरी सुस्तरी’ गीतको भिडियोमा टेल्जीको इलेक्ट्रिक स्कुटर ‘टाइगर’, यस्ता छन् विशेषता

‘सुस्तरी सुस्तरी’ गीतको भिडियोमा टेल्जीको इलेक्ट्रिक स्कुटर ‘टाइगर’, यस्ता छन् विशेषता

आहा सुस्तरी सुस्तरी यो मन फसेछ ।। नबोली नबोली माया बसेछ ।। माथीका यी हरफहरु...

अनुमान गरेभन्दा ५० प्रतिशतले बढेर आयो टेस्ला साइबरट्रक

अनुमान गरेभन्दा ५० प्रतिशतले बढेर आयो टेस्ला साइबरट्रक

काठमाडौं– टेस्लाले आफ्नो बहुप्रतिक्षित साइबरट्रक उपभोक्तालाई...

प्योर इभीको ईट्रिस्ट ३५० मोटरसाइकल नेपाल आउने, रेन्ज १४० किलोमिटरसम्म

प्योर इभीको ईट्रिस्ट ३५० मोटरसाइकल नेपाल आउने, रेन्ज १४० किलोमिटरसम्म

प्योर इभीको नयाँ इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने भएको छ । ८ महिनाअघि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...