चीनका टप १० ब्रान्डमध्ये अधिकांश ब्रान्डको नेपालमा कारोबार, बन्दै चाइनिज गाडी हब
पछिल्लो समय नेपाली बजारमा चिनियाँ ब्रान्डका प्यासेन्जर कार भित्रिने क्रम...
फक्सवागनले आफ्नो नयाँ आईडी टुअल इलेक्ट्रिक कारको कन्सेप्ट सार्वजनिक गरेको छ । सो कारको रेन्ज र मूल्यको कारणले निकै चर्चा हुने गरेको छ । कम्पनीले यो आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक कार हुने दाबी गरेको छ ।
आईडी टुअलले सिंगल चार्जमा करिब ४५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । कारको मूल्य २५ हजार युरो हुनेछ र यो कम्पनीको सबैभन्दा सस्तो इलेक्ट्रिक कार हुनेछ । कम्पनीले यो कार सन् २०२५ सम्ममा युरोपेली बजारमा ल्याउने लक्ष्य राखेको छ ।
रिपोर्टका अनुसार कारमा अपडेट गरिएको ठूलो इन्फोटेनमेन्ट सिस्टम दिइनेछ । यसका साथै कारमा एम्बियन्ट लाइटिङ, लेदर अपहोल्स्ट्री, भ्वाइस कमाण्ड जस्ता फिचर हुनेछ । कारमा लेगरुम स्पेस बढाउन अपफ्रन्ट सिट दिइनेछ । साथै, पछाडिको सिटका लागि कुल्ड ग्लोभबक्स हुनेछ ।
फक्सवागनले यसलाई प्रिमियम श्रेणीमा राखेर युरोपेली बजारमा लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले सो कार भारतलगायत नेपालमा सस्तो मूल्यमा लन्च गरेमा टाटा नेक्सन ईभी, टियागो ईभी र एक्सयूभी ४०० ईभी जस्ता कारले चुनौतीको सामना गर्नुपर्नेछ ।
पछिल्लो समय नेपाली बजारमा चिनियाँ ब्रान्डका प्यासेन्जर कार भित्रिने क्रम...
मध्यपूर्वमा द्वन्द्व तिव्र हुँदै जाँदा चिनियाँ अटोमेकरहरूले आफ्नो...
काठमाडौं–चिनियाँ टु–ह्विलर निर्माता साइगी (SAIGE) ले नयाँ विद्युतीय स्कुटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...