दिपल एस०५ पाउन केही महिना पर्खिनु पर्ने : नेपाली अटोमोबाइलमा एक ‘नयाँ सनसनी’
काठमाडौं – तपाई दिपल एस०५ ईभी किन्ने योजनामा हुनुहुन्छ भने अहिले तुरुन्तै...
नेपाली बजारमा हालै भित्रिएको केवाईसी भी५ इलेक्ट्रिक भ्यानको चर्चा बढ्दै गएको छ । सीजी मोटर्सले नेपाली बजारमा भित्र्याएको उक्त ११ सिटर इलेक्ट्रिक भ्यानमा सवार भएर यात्रुहरु एक स्थानबाट अर्को स्थानमा पुग्न सहज हुन्छ ।
१८० एमएम ग्राउन्ड क्यिलरेन्स भएको र सिंगल चार्जमा ३०० किलोमिटर रेन्ज दिने बताइएको सो इलेक्ट्रिक भ्यानबाट प्रदूषणमुक्त तरिकाले यात्रा गर्न सकिनुका साथै पैसाको समेत बचत हुन्छ । यसले गर्दा विशेष गरी लामो दुरीमा यात्रा गराउने व्यवसायमा संलग्न व्यवसायीहरु यो भ्यानप्रति आकर्षित भएको पाइन्छ । पूर्व देखि पश्चिम सम्मको रुटमा यो गाडीको संख्या बढ्दै गएको छ ।
६.६ किलोवाटको नर्मल चार्जरबाट चार्ज गर्न सकिने सो भ्यानमा सीएटीएलको ब्याट्री प्रयोग गरिएको छ । ईभी ब्याट्री उत्पादन गर्ने सीएटीएल विश्वकै सबैभन्दा ठूलो कम्पनी हो, जसले टेस्लाका लागि समेत ब्याट्री उत्पादन गर्छ ।
यसमा ४१.८६ किलोवाट आवर र १२५ एएचको ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३०० किलोमिटर रेन्ज दिने बताइएको छ । पेट्रोलियम पदार्थको प्रयोग गर्नु नपर्ने र थोरै खर्चमा यात्रा सम्पन्न हुने भएकाले व्यवसायीहरुले यसलाई निकै नै रुचाएको पाइन्छ ।
यो गाडीमा सेन्ट्रल लकिङ सहितको इलेक्ट्रिक विन्डो, एबीएस, ईपीएस, डीआरएल, फ्रन्ट फगल्याम्प, एमपीथ्री, टीपीएमएस, ईडीआर लगायतका सुविधा उपलब्ध छ ।
थप सुविधाको रुपमा यसमा एसी, एमपी फाइभ तथा रियरभ्यु क्यामेरा, आल्मुनियम ह्विल आदि प्रयोग गर्न सकिन्छ ।
काठमाडौं – तपाई दिपल एस०५ ईभी किन्ने योजनामा हुनुहुन्छ भने अहिले तुरुन्तै...
सुन्दर यातायातले विद्युतीय स्कुटरमार्फत राइड सेयरिङ सेवा प्रदान गर्ने...
टेस्लाले भारतमा आफ्नो कार म्यानुफ्याक्चरिङ प्लान्ट गुजरातमा स्थापना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...