नासा नेपाल र काठमाडौं इन्जिनियरिङ कलेजको एफवान इन स्कुल्स अब हेटौडामा

हेटौंडा – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र काठमाडौँ इन्जिनियरिङ कलेजको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक भइरहेको फर्मुला वान (एफवान) इन स्कुल्सको अभिमुखीकरण कार्यक्रम नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालय, हेटौंडामा सम्पन्न भएको छ ।

गत ८ मार्चमा सम्पन्न सो कार्यक्रममा हाल ४० वटा देश सहभागी भइरहेका एफवान इन स्कुल्सका गाडी र डेमो रेस प्रस्तुत भएको थियो । त्यसैगरी एफवान इन स्कुल्सका नेसनल कोअर्डिनेटर इन्जिनियर. सुयोग खनालले एफवान इन स्कूल्सको अभिमुखीकरण दिएका थिए ।

यसै गरी काठमाडौँ इन्जिनियरिङ कलेजका उपप्रध्यापक इन्जिनियर मञ्चन तिवारीले एफवान इन स्कूल्सको गाडी बनाउदा प्रयोग हुने क्याड र क्याम तथा डिजाइन गर्दा लाग्ने एरोडाइन्यामिक फोर्सका बारेमा प्रस्तुतिकरण गरे ।

कार्यक्रममा नवोदय स्कूलका निर्देशक अव्यक्त खनालले ५० जना विद्यार्र्थीको उत्साहजनक सहभागिता रहेको जनाउँदै स्कुलको सो कार्यक्रममा पूर्ण साथ सहयोग रहने बताए ।

नासा नेपाल र काठमाडौँ इन्जिनियरिङ कलेजले संयुक्त रुपमा विद्यार्थी केन्द्रित स्कूल्स टु ट्रयाक, कार्टिङ्ग कम्पिटिसन र ई–स्पोर्ट्स कार्यक्रमहरु आयोजना गदैछन् ।

सम्बन्धित समाचारहरू

अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन एशिया रेस अफिसियल तथा मार्सल तालिम सम्पन्न

अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन एशिया रेस अफिसियल तथा मार्सल तालिम सम्पन्न

अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन एशिया रेस अफिसियल तथा मार्सल तालिम...

स्कुल्स टु ट्रयाक कार्टिङ कम्पिटिसन सम्पन्न, यी भए विजेता

स्कुल्स टु ट्रयाक कार्टिङ कम्पिटिसन सम्पन्न, यी भए विजेता

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र काठमाडौँ इन्जिनियरिङ...

प्रहरीका मोटरसाइकल र स्कुटरमा अनिवार्य ‘डबल हेल्मेट’ कार्यान्वयनमा

प्रहरीका मोटरसाइकल र स्कुटरमा अनिवार्य ‘डबल हेल्मेट’ कार्यान्वयनमा

काठमाडौं – नेपाल प्रहरीका सबै मोटरसाइकल तथा स्कुटर चालकले पछाडि बस्नेले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...