नारी दिवसको अवसरमा आइएमई अटोमोटिभ्सले महिलालाई निशुल्क तालिम दिने

एक्सर्ट्स हेभी इक्विपमेन्टको नेपालका लागी आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले महिला सशक्तिकरणका लागी नयाँ अभियान सुरु गरेको छ । अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर सुरु गरिएको यस अभियानको एक भागका रुपमा १५ जना महिलालाई निशूल्क तालिम प्रदान गरिने कम्पनीले वताएको छ । जसमा सैद्धान्तिक र व्यावहारिक सत्रहरु समावेश हुनेछन् ।

तालिमले महिलालाई व्याक हो लोडर चलाउने सीप हासिल गर्न र सवारी साधनको इजाजतपत्र प्राप्त गर्न सहयोग गर्ने वताइएको छ । तालिमप्राप्त महिलाले सम्वन्धित क्षेत्रमा रोजगारी पाउन सहज हुने कम्पनीले विश्वास लिएको छ । पुरुष प्रधान क्षेत्रमा महिलाहरुले पनि केही नयाँ काम गर्न सक्छन भनेर उनीहरुलाई तालिम प्रदान गर्न लागिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले वताए ।

अभियानका वारेमा उनले भने ‘निर्माण उद्योगमा महिलाहरुले महत्वपूर्ण भूमिका खेल्न सक्छन भन्ने हाम्रो विश्वास छ । महिलालाई सशक्तिकरण गर्न र उनीहरुलाई सफल हुन आवश्यक पर्ने उपकरणहरु उपलव्ध गराउन हामी लागिपरेका हौ ।’

प्रशिक्षण कार्यक्रम सवै उमेर र पृष्ठभूमिका महिलाका लागी खुल्ला गरिएको उनको भनाई छ । तालिमको अन्त्यमा सहभागीहरुले पूर्णताको प्रमाणपत्र प्राप्त गर्नेछन् । जसलाई आधार मानेर राजगारदाताले उनीहरुलाई अवसर प्रदान गर्नेछन् ।

सम्बन्धित समाचारहरू

आइएमई मोटर्सद्वारा विपद् सामुहिक उद्धार भेइकल हस्तान्तरण

आइएमई मोटर्सद्वारा विपद् सामुहिक उद्धार भेइकल हस्तान्तरण

काठमाडौँ – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिले राष्ट्रिय...

आइतबार देखि अशोक लेल्यान्डको विन्टर सर्भिस क्याम्प हुने

आइतबार देखि अशोक लेल्यान्डको विन्टर सर्भिस क्याम्प हुने

काठमाडौं – अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्सले सबै अशोक...

अटोमोबाइलमा युवा पुस्ता : अगाडि बढ्दै निशान

अटोमोबाइलमा युवा पुस्ता : अगाडि बढ्दै निशान

नेपाली अटोमोबाइल क्षेत्रमा कार्यरत युवा पुस्ताको एक प्रतिनिधि पात्र हुन्...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...