ओमोडा र जेको ईभीका लागि चार्जिङ पूर्बाधार विस्तार हुँदै, कार्तिकसम्म २७ स्थानमा बन्ने
काठमाडौं– ओमोडा ईभी बिक्री गर्दै आएको एसपिजी अटोमोबाइल्स चार्जिङ...
नेपाल विद्युत प्राधिकरणले थप ४ स्थानमा चार्जिङ स्टेशन निर्माण गर्न टेण्डर आह्वान गरेको छ । उपत्यकामा सामाखुसी र वल्खु तथा वाहिर मुग्लिन र वर्दिवासमा चार्जिङ स्टेशन निर्माण गर्न टेण्डर मागिएको हो । प्राधिकरणले यसअघि देशका ५० स्थानमा चार्जिङ पूर्वाधार विस्तार गर्ने भन्दै धमाधम काम अघि वढाइरहेको छ ।
यी मध्ये २५ वटा जीबीटी ‘ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागी र २५ वटा साना ठूला कारहरू चार्जर निर्माणको चरणमा रहेको छ । जसका लागि आवश्यक एनएसपी (नेशनल सर्भिस प्रोभाइडर) प्रणालीको विकास गरिएको प्राधिकरणले जनाएको छ । एनएसपीमार्फत उपभोक्ताले अनलाइन बुकिङ गर्न सक्नेछन् । चार्जको रकम भुक्तानीका लागि प्राधिकरणको मोबाइल एप्स प्रयोग गर्न सकिनेछ ।
हाल निर्माण भइरहेको चार्जिङ स्टेसनको क्षमता ६० किलोवाट डीसी प्लस, २२ किलोवाट एसी रहेको समेत प्राधिकरणले जनाएको छ । प्राधिकरणले कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्ने दाबी गरेको छ । चार्ज गर्दा कारहरूमा औसत ७० पैसा, एसयूभीहरूमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरूमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्ने लाग्ने समेत प्राधिकरणको भनाई छ ।
प्राधिकरणले हाल उपत्यकामा रत्नपार्क लगायत केही स्थनमा यस्तो स्टेशन निर्माण गरी सेवा दिँदै आएको छ भने राजमार्गका केही स्थानबाट समेत सेवा सुचारु गरिसकेको छ । चार्जिङ स्टेशन विस्तारका लागी उसले नेपाल प्रहरी र शसस्त्र प्रहरीसंग सम्झौता गरेको छ ।
प्राधिकरणसंगै विद्युतिय कार आयत गर्ने विभिन्न कम्पनीहरुले पनि आफ्नो पहलमा देशभर चार्जिङ स्टेशन निर्माण गरिरहेका छन् । यसले भोलीका दिनमा विद्युतिय सवारीसाधन चलाउन सहज हुने देखिन्छ ।
काठमाडौं– ओमोडा ईभी बिक्री गर्दै आएको एसपिजी अटोमोबाइल्स चार्जिङ...
लक्जरी कार निर्माता कम्पनी बीएमडब्ल्युले बजारमा उपलब्ध गराउने...
वाग्मती प्रदेश सरकारले सार्वजनिक यात्रुवाहक ट्याक्सी सेवाको गुणस्तर,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...