पोखरामा भएको माइलेज च्यालेन्जमा यामाहा रे–जेडआरले दियो ७९ किलोमिटर माइलेज

पोखरा– यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडव्लू इन्टरप्राइजजेले हालै पोखरामा रे–जेडआर १२५ एफआई स्कुटरको माइलेज च्यालेन्ज सम्पन्न गरेको छ । यामाहा सोरुम पोखराबाट शुरु भएको राइड सुईखेत भ्याली रिसोर्टसम्म पुगेर सम्पन्न भएको थियो । माइलेज च्यालेन्जमा २९ जना राइडरले सहभागिता जनाएका थिए ।

प्रतिस्पर्धामा आधारित सो च्यालेन्जमा युवाराज भट्टले प्रतिलिटर पेट्रोलको खपतमा ७९ किलोमिटर माइलेज हाँसिल गर्दै विजयी वने । यसैगरी ७८ किलोमिटर माइलेज सहित प्रदिप वराल फस्र्ट रनर अप र ७६.६० किलोमिटर माइलेज पाउँदै सुदर्शन भट्टराई सेकेन्ड रनर अप वने । बिजेतालाई शोरुमका तर्फबाट प्रमाणपत्र र आकर्षक उपहार समेत प्रदान गरिएको थियो ।

यामाहा टु ह्विलरको नेपालका लागि आधिकारिक वितरक एमएडव्लु इन्टरप्राइजेजले रे जेडआर १२५ एफआई स्कुटरलाई लक्षित गरी देशव्यापी माइलेज च्यालेन्ज आयोजना गर्दै आइरहेको छ । यसरी आयोजना हँुदै आएको च्यालेन्जमा यो स्कुटरले ७० किलोमिटर बढी माइलेज दिँदै आएको छ ।

१२५ सिसी सेग्मेन्टका स्कुटरमा सर्बाधिक माइलेज प्रदान गरेपछि अहिले यो स्कुटर ग्राहकको पहिलो रोजाइमा परिरहेको छ । स्कुटरको मूल्य २ लाख ७५ हजारदेखी ३ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

यामाहाले भारतमा पहिलो इलेक्ट्रिक स्कुटर ल्याउने, २०२५ को अन्त्यसम्म लन्च हुने

यामाहाले भारतमा पहिलो इलेक्ट्रिक स्कुटर ल्याउने, २०२५ को अन्त्यसम्म लन्च हुने

यामाहाले भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ल्याउने योजना...

नेपालमा सार्वजनिक भयो यामाहा आर१५ भी४ मोटरसाइकल, यस्तो छ मूल्य र फिचर

नेपालमा सार्वजनिक भयो यामाहा आर१५ भी४ मोटरसाइकल, यस्तो छ मूल्य र फिचर

काठमाडौं – नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु...

खुला डर्ट ट्र्याक अनुभवका साथ यामाहा डब्लुआर १५५ आर नेपालमा सार्वजनिक

खुला डर्ट ट्र्याक अनुभवका साथ यामाहा डब्लुआर १५५ आर नेपालमा सार्वजनिक

काठमाडौं – नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु राइड्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...