यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना
काठमाडौं–दसैँको उत्साह र उमङ्गलाई हर्षोल्लासपुर्वक मनाउन यामाहा नेपालको...
पोखरा– यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडव्लू इन्टरप्राइजजेले हालै पोखरामा रे–जेडआर १२५ एफआई स्कुटरको माइलेज च्यालेन्ज सम्पन्न गरेको छ । यामाहा सोरुम पोखराबाट शुरु भएको राइड सुईखेत भ्याली रिसोर्टसम्म पुगेर सम्पन्न भएको थियो । माइलेज च्यालेन्जमा २९ जना राइडरले सहभागिता जनाएका थिए ।
प्रतिस्पर्धामा आधारित सो च्यालेन्जमा युवाराज भट्टले प्रतिलिटर पेट्रोलको खपतमा ७९ किलोमिटर माइलेज हाँसिल गर्दै विजयी वने । यसैगरी ७८ किलोमिटर माइलेज सहित प्रदिप वराल फस्र्ट रनर अप र ७६.६० किलोमिटर माइलेज पाउँदै सुदर्शन भट्टराई सेकेन्ड रनर अप वने । बिजेतालाई शोरुमका तर्फबाट प्रमाणपत्र र आकर्षक उपहार समेत प्रदान गरिएको थियो ।
यामाहा टु ह्विलरको नेपालका लागि आधिकारिक वितरक एमएडव्लु इन्टरप्राइजेजले रे जेडआर १२५ एफआई स्कुटरलाई लक्षित गरी देशव्यापी माइलेज च्यालेन्ज आयोजना गर्दै आइरहेको छ । यसरी आयोजना हँुदै आएको च्यालेन्जमा यो स्कुटरले ७० किलोमिटर बढी माइलेज दिँदै आएको छ ।
१२५ सिसी सेग्मेन्टका स्कुटरमा सर्बाधिक माइलेज प्रदान गरेपछि अहिले यो स्कुटर ग्राहकको पहिलो रोजाइमा परिरहेको छ । स्कुटरको मूल्य २ लाख ७५ हजारदेखी ३ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...