झिलीमिली बन्यो नारायणी पुल

गत जेठमा हावाहुरीले सम्पूर्ण विद्युत पोल ढालेसँगै अन्धकार बनेको नारायणगढस्थित नारायणी पुल झिलीमिली बनेको छ। 

भरतपुर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाले पुलमा पोल राखेर स्मार्ट बत्ती जडान गरेसँगै पुल क्षेत्र झिलीमिली बनेको हो।

महानगर प्रमुख रेनु दाहालले पुलमाथिका स्मार्ट बत्तीको बिहीबार साँझ शुभारम्भ गरेकी हुन्।

डिजिटल पद्धतिबाट पोलमा बत्ती बाल्न मिल्ने गरी जडान गरिएको छ।

प्रमुख दाहालले महानगरलाई उज्यालो सहर बनाउने अभियानअन्तर्गतको पहिलो कार्यक्रममा पारेर नदीको पुलमाथि १४ वटा पोलमा बत्ती जडान गरिएको बताइन्।

ती बत्ती साँझको समयमा आफैं बल्ने र चहकिलो एवं मधुरो बनाउन मिल्ने छ। 

उनले भनिन्, ‘अँध्यारोले रातको समयमा हिँड्डुल गर्नेलाई समस्या भएको थियो, बत्ती बालेसँगै समस्या हल भएको छ।’

प्राधिकरणसँग महानगरले साझेदारीमा नगर क्षेत्रमा स्मार्ट बत्ती जडान गरिरहेको छ।

यो पुलले भरतपुर महानगरपालिकाको नारायणगढ र गैंडाकोट नगरपालिकाको गैंडाकोट जोड्दछ। यही बाटो हुँदै पूर्वपश्चिम राजमार्ग आवतजावत गर्ने सवारी साधन पनि चल्ने गर्दछन्। पुलमा बत्ती बालेसँगै यात्रु लाभान्वित भएका हुन्।

महानगरले पहिलो चरणमा ७८ दशमलव एक किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राख्ने काम अन्तिम चरणमा पुर्‍याएको छ।

दोस्रो चरणमा एक सय १८ किलोमिटर क्षेत्रमा थप बत्ती राख्न बोलपत्र आह्वान गरिएको छ।

सम्बन्धित समाचारहरू

शुक्रबार देखि ललितपुरको ग्वार्को चोकमा देशकै पहिलो फ्लाई ओभर निर्माण शुरु हुँदै

शुक्रबार देखि ललितपुरको ग्वार्को चोकमा देशकै पहिलो फ्लाई ओभर निर्माण शुरु हुँदै

काठमाडौं – शुक्रबार देखि ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा...

विराटनगर एयरपोर्टका ट्याक्सीमा मेगा बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने

विराटनगर एयरपोर्टका ट्याक्सीमा मेगा बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने

मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा...

स्वरुप परिवर्तन गरिएका र ध्वनी प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा

स्वरुप परिवर्तन गरिएका र ध्वनी प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीद्वारा मोटरसाइकलको विभिन्न पार्टपुर्जाहरु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...