ज्योति ग्रुपले नेपाली बजारमा भित्र्यायो भारतीय ब्रान्ड इलेक्ट्रिक वानको ए सिरिज स्कुटर
काठमाडौं – ज्योति ग्रुप अन्तर्गतको स्यामुकापु ट्रेडिङ प्रालिले ई१ ए...
जिमोपाइले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर राइडर सुपरम्याक्स भारतमा लन्च गरेको छ । यो इलेक्ट्रिक स्कुटर राइडरको एड्भान्स भर्सन हो । यसमा एन्टी थेफ्ट अलार्म र लाइभ ट्रयाकिङ जस्ता फिचर छ । राइडर सुपरम्याक्स ६ रङमा उपलब्ध छ ।
सो स्कुटर कम्पनीको आधिकारिक वेबसाइटमा गएर २ हजार ९९९ भारुमा बुक गर्न सकिन्छ । सो स्कुटरको बिक्री मार्च १०, २०२३ देखि सुरु हुनेछ ।
सो इलेक्ट्रिक स्कुटरमा बीएलडीसी हब मोटर जडान गरिएको छ, जसले २.७ पावर जेनेरेट गर्छ । यसको टप स्पिड ६० किमी प्रतिघन्टा छ । राइडर सुपरम्याक्समा १.८ किलोवाटको पोर्टेबल ब्याट्री प्याक र चार्जर दिइएको छ । एक पटक फुल चार्जमा सो स्कुटरले १०० किलोमिटरसम्मको रेन्ज दिन्छ ।
स्कुटरलाई कम्पनीको एप जिमोपाई कनेक्टबाट स्मार्टफोनमा कनेक्ट गर्न सकिन्छ । सो एपले स्कुटरको ब्याट्री, स्पिड अलर्ट, सर्भिस रिमाइन्डर र रियल टाइम मनिटरिङ गर्न सकिन्छ । स्कुटरको फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक छ ।
नेपाली बजारमा पनि जिमोपाईका इलेक्ट्रिक स्कुटर उपलब्ध भएका कारण भविष्यमा नेपालमा समेत यो स्कुटर उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
काठमाडौं – ज्योति ग्रुप अन्तर्गतको स्यामुकापु ट्रेडिङ प्रालिले ई१ ए...
काठमाडौं – ग्यारोले नेपालकै उच्चतम रेन्जको इलेक्ट्रिक स्कुटर डीटी ५३ मा...
इलेक्ट्रिक गाडी र हाइब्रिड गाडीमध्ये कुन बढी वातावरणमैत्री भन्ने बहस फेरि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...