भारत र इजरायलले आल्मुनियम एयर ब्याट्री उत्पादन गर्ने, के हो आल्मुनियम एयर ब्याट्री ? कसरी गर्छ काम ?
भारत र इजरायलले इलेक्ट्रिक सवारी साधनका लागि अत्याधुनिक आल्मुनियम एयर...
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक र कुमारी बैंकबीच बीवाईडीका इलेक्ट्रिक गाडीका लागि सहज फाइनान्सिङ सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
यस अनुसार कुमारी बैंकले बीवाईडीका इलेक्ट्रिक कार किन्ने ग्राहकका लागि ८ वर्ष सम्मको अवधिका लागि गाडीको मूल्यको ८० प्रतिशत सम्म फाइनान्स सुविधा उपलब्ध गराउने छ ।
कुमारी बैंकका नेपालभर रहेका शाखाहरुमार्फत सो सुविधा प्राप्त हुनेछ । यस अनुसार प्रतिस्पर्धी ब्याजदरमा वातावरणमैत्री बीवाईडी इलेक्ट्रिक कार उपलब्ध हुने साइमेक्स इंकले जनाएको छ ।
इलेक्ट्रिक कारका लागि २० प्रतिशत मात्र डाउन पेमेन्ट गरे पुग्ने नियम अनुसार हालै नेपाल भित्रिएको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी एट्टो ३ का लागि शुरुमा १२ लाख ९८ हजार रुपैयाँ मात्र तिरे पुग्ने छ ।
त्यसैगरी सबैभन्दा लामो रेन्ज दिने ईभी दावी गरिएको बीवाईडी अल–न्यु ई६ ११ लाख ८० हजारमै लिन सकिने छ ।
साइमेक्स इंककी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठले भनिन्, ‘बीवाईडी जहिले पनि ग्राहकलाई उच्च गुणस्तरीय, वातावरणमैत्री सवारी साधन उपलब्ध गराउन प्रतिबद्ध छ । कुमारी बैंकसँग सहकार्यमार्फत सबैभन्दा उपयुक्त फाइनान्स सुविधाका साथ दुवैको विशेषज्ञता र स्रोत ग्राहकलाई उपलब्ध गराउन पाएकोमा हामी गौरवान्वित भएका छौ ।’
बीवाईडीले इलेक्ट्रिक मोबिलिटीलाई प्रवद्र्धन गरिरहेको र कुमारी बैंकसँगको सहकार्यले सो लक्ष्य प्राप्तिलाई एक कदम माथि उठाएको बताएको छ । आगामी दिनमा यसबाट ग्राहकलाई इलेक्ट्रिक सवारी साधन प्रयोग गर्नमा अझै उत्साह मिल्ने र बीवाईडी इलेक्ट्रिक कारको सहजता र पर्फमेन्स अनुभव गर्न सकिने कम्पनीको भनाइ छ ।
आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग इकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
साइमेक्स इंकले नेपाली बजारमा ६४ लाख ९० हजार मूल्यमा बीवाईडी एट्टो ३ र ५९ लाख मूल्यमा बीवाईडी अल–न्यु ई६ उपलब्ध गराइरहेको छ ।
भारत र इजरायलले इलेक्ट्रिक सवारी साधनका लागि अत्याधुनिक आल्मुनियम एयर...
जर्मन अटो निर्माता फक्सवागनले हाल कारोबार भैरहेको इलेक्ट्रिक ह्याचव्याक...
काठमाडौं–नेपाली बजारमा अबको केही दिन पछि अर्को नयाँ विद्यूतीय एसयूभी लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...