सुनराका दुई इलेक्ट्रिक स्कुटर नेपालमा, यस्तो छ नयाँ ब्रान्ड

काठमाडौं – नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘सुनरा’ का इलेक्ट्रिक स्कुटर नेपाल भित्रिएका छन् ।

नेपाली बजारमा बेनेलीका बाइक र स्कुटर उपलब्ध गराइरहेको केटीएम इन्टरनेसनल ट्रेडिङको सिस्टर कन्सर्न इटालिया मोटोवर्क्सले यी स्कुटर नेपाली बजारमा भित्र्याएको हो ।

यो भन्दा पहिले नै नेपाली बजारमा भित्रिने दुई मोडलको मूल्य सूची कम्पनीले सार्वजनिक गरिसकेको थियो । सुनराका दुई मोडल रोबो–एस र हक नेपाली बजारमा भित्रिएका छन् ।

सुनरा रोबो–एसको मूल्य ३ लाख ७९ हजार रुपैयाँ हुनेछ । त्यसैगरी सुनरा हक मध्ये सिंगल ब्याट्रीयुक्त हकको मूल्य २ लाख ३६ हजार र र डबल ब्याट्रीयुक्त हकको मूल्य ३ लाख १७ हजार रुपैयाँ हुनेछ ।

सुनरा रोबो–एसमा ३ हजार वाटको मोटर छ भने हकमा १ हजार ८ सय वाटको मोटर छ । यी स्कुटरमा पावरफुल इलेक्ट्रिक मोटर, भरपर्दो ब्याट्री सेटअप र रिजेनेरेटिभ ब्रेकिङ र एलईडी लाइट जस्ता फिचर छन् ।

रोबो–एसमा ३ हजार वाटको रेटेड पावर र ४ हजार ३ सय वाटको पिक पावर भएको मोटर हुनेछ । सुनरा रोबो–एस इलेक्ट्रिक स्कुटरमा ७२ भोल्ट २० एम्पियर आवरको डबल ब्याट्री प्रयोग गर्न सकिन्छ र यसले सिंगल चार्जमा १३५ किलोमिटर सम्मको रेन्ज दिन्छ । सो ब्याट्रीलाई ४ देखि साढे ४ घण्टामै फुल चार्ज गर्न सकिन्छ भने २ वर्षको वारेन्टी छ । यसको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा छ ।

सो स्कुटरमा एलईडी लाइट, फोन चार्जिङ, फिंगर प्रिन्ट टच स्टार्ट, कम्बाइन्ड ब्रेकिङ सिस्टम आदि फिचर छ ।

सुनरा हकमा पनि विभिन्न आकर्षक फिचर रहेका छन् । हक सिंगल ब्याट्री तथा डबल ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । हकमा १.८ किलोवाट क्षमताको मोटर रहेको छ । यो विशेष गरी उकालोमा समेत चढ्न सक्षम हुने गरी डिजाइन गरिएको छ । यसमा ७२ भोल्ट २० एएचको ब्याट्री छ । सिंगल ब्याट्रीले ६५ र डबल ब्याट्रीले १३५ किलोमिटरको रेन्ज दिन्छ ।

सम्बन्धित समाचारहरू

१०० युनिट डेलिभरीका साथ पोखराबाट लन्च गरियो बीवाईडी एम६, मूल्य ५८ लाख ९० हजार

१०० युनिट डेलिभरीका साथ पोखराबाट लन्च गरियो बीवाईडी एम६, मूल्य ५८ लाख ९० हजार

पोखरा – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले पोखराबाट...

यी ५ विशेषतका कारण नेक्सन ईभी म्याक्स बन्ने छ बेस्ट इलेक्ट्रिक कार

यी ५ विशेषतका कारण नेक्सन ईभी म्याक्स बन्ने छ बेस्ट इलेक्ट्रिक कार

टाटाले केही दिन पहिले नयाँ इलेक्ट्रिक कार नेक्सन ईभी म्याक्स सार्वजनिक...

१६० किलोमिटरसम्म रेन्ज दिने कोमाकीको नयाँ इलेक्ट्रिक स्कुटर डिटी ३००० नेपाली बजारमा

१६० किलोमिटरसम्म रेन्ज दिने कोमाकीको नयाँ इलेक्ट्रिक स्कुटर डिटी ३००० नेपाली बजारमा

कोमाकी विद्युतीय स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...