हेटौंडा–काठमाडौं रुटमा किटोनका ३० यूनिट बिद्युतिय माइक्रोवस चल्ने
काठमाडौँ– शशीला मोटर्स प्रालिले राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज...
नेपाली अटो बजारमा अहिले इलेक्ट्रिक सवारीसाधन सर्वाधिक चर्चाको विषय वनिरहेको छ । यस्तो चर्चा इलेक्ट्रिक टु ह्विलर र फोर ह्विलर दुवै सेग्मेन्टमा वढ्दै गएपनि ग्राहकको रुचि भने इलेक्ट्रिक कारमा वढिरहेको देख्न सकिन्छ । जसलाई आयातको तथ्यांकले समेत प्रमाणित गरेको छ ।
चालु आर्थिक वर्षको माघ महिनासम्ममा कुल २ हजार हाराहारी इलेक्ट्रिक गाडी आयात भएकोमा टु ह्विलरतर्फ यो संख्या जम्मा ५ हजार २६५ युनिट मात्र छ । वार्षिक ३ लाख भन्दा वढी युनिटसम्म विक्री हुने टु ह्विलर बजारमा यो संख्या नगन्य मात्र हो । जवकी वार्षिक २० हजार हाराहारीमा बिक्री हुने फोर ह्विलर बजारमा ७ महिनामै २ हजारभन्दा वढी इलेक्ट्रिक गाडी आयात हुनुले यो सेग्मेन्टमा यस्ता साधनको लोकिप्रयता वढ्दै गएको प्रष्ट पार्छ ।
बजारमा अहिले ३० भन्दा वढी कम्पनीले इलेक्ट्रिक टु ह्विलर आयात गरी बिक्री–वितरण गरिरहेका छन् । यीमध्ये अधिकांश ब्रान्ड चीनबाट आयात भएका छन् भने भारतबाट आयात हुने ब्रान्डको संख्या समेत क्रमिक रुपमा वढिरहेको छ । बजारमा आएका अधिकांश टु ह्विलर स्कुटर सेग्मेन्टमा केन्द्रित भएको देख्न सकिन्छ । यी मध्ये केही ब्रान्ड अन्तराष्ट्रिय स्तरमै चर्चित भएपनि अधिकांश ब्रान्ड स्टार्टअप कम्पनीका उत्पादन छन् ।
इलेक्ट्रिक टु ह्विलरमा ग्राहकको रुचि खासै वृद्धि हुन नसकेपनि हरेक दिनजसो नयाँ नयाँ ब्रान्ड थपिँदै जाँदा बजार जटिल वन्दै गएको एक व्यवसायीले वताए । उनका अनुसार इलेक्ट्रिक टु ह्विलरमा अहिले ग्राहक पर्ख र हेरको अवस्थामा रहेको प्रष्ट हुन्छ । ‘ग्राहकको मनोविज्ञान नै नवुझी जसले पनि इलेक्ट्रिक स्कुटर ल्याउँदा बजारमा अन्योलता वढेको छ । वर्षमा ५ हजार हाराहारी विक्री हुने यो सेग्मेन्टमा वढ्दो ब्रान्डको उपस्थितिले बजार चुनौतीपूर्ण त वनेको छ नै साथमा अस्वस्थ प्रतिस्पर्धा समेत वढिरहेको छ’ उनले भने ।
यसरी प्रतिस्पर्धामा उत्रेका व्यवसायीले भारी नगद छुटदेखि डाउनपेमेन्ट वेगर नै किस्ताबन्दीमा स्कुटर र मोटरसाइकल उपलब्ध गराउन थालेका छन् । सुपर सोको मोटरसाइकलको आधिकारिक विक्रेता डी लाइफ स्टाइलले २० हजार नगद छुटमा स्कुटर र मोटरसाइकल बिक्री गरिरहेको छ भने याडिया स्कुटर आयात गर्ने कुजु नेपालले ३० हजार नगद छुटमा स्कुटर विक्री गर्दै आएको छ । यसैगरी जम्वो व्राभो र क्यापिचीनो ब्रान्डको स्कुटर बिक्री गर्दै आएको जम्वो मोटर्सले पनि २० हजार छुटमा स्कुटर बिक्री गरिरहेको छ ।
हर्विन ब्रान्डको स्कुटर र मोटरसाइल बिक्री गर्दै आइरहेको पायोनियर वल्र्डवाइडले विना डाउनपेमेन्ट शून्य प्रतिशत ब्याजदरमा इलेक्ट्रिक वाइक विक्री गरिरहेको छ । यी वाहेक अन्य ब्रान्डमा पनि नगद छुट र विना डाउनपेमेन्टमा इलेक्ट्रिक बाइक खरिद गर्न पाउने सुविधा उपलब्ध छ । केही ब्रान्डले भने एक्सचेन्जमा समेत भारी छुट दिँदै आएका छन् ।
काठमाडौँ– शशीला मोटर्स प्रालिले राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज...
काठमाडौं – गत आर्थिक वर्ष २०७९/८० मा ४ हजार ५० इलेक्ट्रिक सवारी साधन...
काठमाडौं– साङ्ग्रिला मोटर्सले सी१० एसयूभी ग्राहकलाई दिन शुरु गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...