फोटोन ईभी भ्यानको परीक्षण सम्पन्न, नेपाली सडक उपयुक्त भएको निष्कर्ष

काठमाडौं – फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकलले नेपाल भित्र्याएका ईभी भ्यानको सफलतापूर्वक परीक्षण सम्पन्न गरेको बताएको छ ।

१५ दिनको सफल परीक्षण पश्चात यी भ्यान नेपालमा कार्बन उत्सर्जन घटाउने दिशामा एउटा महत्वपूर्ण कदमको रूपमा उपलब्ध हुने प्रमाणित भएको कम्पनीको भनाइ छ ।

यी भ्यानहरु वातावरणमैत्री र किफायती दुबै रहेको र यातायातको सहज र भरपर्दो इलेक्ट्रिक भेइकल हुनेमा कम्पनी विश्वस्त रहेको जनाइएको छ ।

एमएडब्लु वृद्धि कमर्र्सियल भेइकलले दुई मोडलका ईभी प्यासेन्जर भ्यानहरू ल्याएको छ । ती मध्ये एउटा १४ सिट क्षमताको र १६ सिट क्षमताको रहेका छन् । यसका साथै कम्पनीले ईभी कार्गो भ्यान पनि नेपाल भित्र्याएको छ ।

कम्पनीका अनुसार यी इलेक्ट्रिक भ्यानले एक पटक चार्जमा २५० किलोमिटरको रेन्ज दिन्छन् । यसकारण यी भ्यानले लामो यात्रा र व्यावसायिक प्रयोगको लागि सहज बनाउँछ।

कम्पनीका सेल्स हेड नवीन आचार्य भन्छन्, ‘हाम्रा ईभी भ्यानहरु नेपाली बाटो र माटोको लागि उपयुक्त छन् भनेर सफलतापूर्वक परीक्षण सफल भएको जानकारी दिन पाउँदा हामी खुसी छौं। तिनीहरूले सहज र प्रभावकारी ढुवानी प्रदान गर्दछ, साथै हरितगृह ग्यासहरूको उत्सर्जनलाई पनि कम गर्छ, जसले गर्दा स्वच्छ र हरियाली वातावरणमा योगदान पुर्याउँछ ।’

सरकारको विद्युतीय गतिशीलता प्रवर्द्धन गर्ने योजनामा साथ दिन एमएडब्लु वृद्धि प्रतिवद्ध रहेको बताएको छ । नेपाल सरकारले इलेक्ट्रिक भेहिकल प्रवर्द्धन गर्न सब्सिडी र कर छुटहरू प्रदान गर्दै आएको र यसले एमएडब्लु वृद्धि जस्ता कम्पनीहरूलाई ईभी प्रविधिमा लगानी गर्न प्रोत्साहित गरेको कम्पनीले विज्ञप्तिमार्फत बताएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...