आयो २०२३ निसान म्याग्नाइट : यसरी बन्यो अझै सुरक्षित

निसान म्याग्नाइट अझै थप सेफ्टी फिचरका साथ आएको छ । यसमा ईसीई, ट्रयाक्सन कन्ट्रोल र टीपीएमएस जस्ता फिचर सबै भेरिएन्टमा थप भएका छन् ।

भारतमा सार्वजनिक भएको निसान म्याग्नाइट ५ भेरिएन्टमा उपलब्ध हुनेछ । सो एसयूभीमा हिल स्टार्ट असिस्ट र हाइड्रोलिक ब्रेक असिस्ट लगायतका माथि उल्लेखित सबै फिचर उपलब्ध हुनेछन् ।

टप भेरिएन्टमा भने ३६० डिग्री क्यामेरा र स्मार्टवाच कनेक्टिभिटीका साथै करिव ५० कनेक्टेड कार फिचर हुनेछन् ।

२०२३ निसान म्याग्नाइटमा पहिलेकै जस्तो इन्जिन अप्सन हुनेछ, तर यो हाल भारत सरकारले लागू गरेको नयाँ आरडीई–कम्प्लायन्ट हुनेछ । यसमा १.० लिटर ३ सिलिन्डर इन्जिन हुनेछ, जसले ७१ बीएचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ । अर्को १.० लिटर टर्बो पेट्रोल इन्जिन हुनेछ, जसले ९९ बीएचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।

नेपाली बजारमा पनि पायोनियर मोटोकर्पले निसान म्याग्नाइट बिक्री–वितरण गर्छ । यद्यपि ग्राहकको अत्यधिक माग भए तापनि आवश्यक संख्यामा उपलब्ध गराउन नसकेकाले यसको बजार प्रभावित बनेको छ । विभिन्न कारणले माग अनुसार उत्पादन हुन नसकेको असर नेपाली बजारमा समेत परेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...