फागुन १४ बाट ‘महिन्द्रा केयर फेस्ट’ हुने

महिन्द्रा फोरह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्क्स प्रालिले महिन्द्रा केयर फेस्ट – २०२३ आयोजना गर्ने भएको छ । उक्त केयर फेस्ट यही फागुन १४ गतेदेखि फागुन १९ गतेसम्म देशव्यापी रुपमा आयोजना हुनेछ ।

सो ४५–प्वाइन्ट चेकअप क्याम्पमा फ्री लेबर चार्ज, फ्री हेल्थ चेकअप, लुब्रिकेन्ट्समा १० प्रतिशत छुट र स्पेयर पार्ट्समा ५० प्रतिशत सम्म छुट तथा एसेसरिजमा २५ प्रतिशत सम्म छुटको लाभ लिन सकिनेछ । महिन्द्राका ग्राहकले नेपाल अधिराज्यभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई सो केयर फेस्टमा सहभागी हुन सक्नेछन्।

महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आइरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकको उल्लासमय सहभागिता रहने अपेक्षा गरेको छ।

यसका साथै ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको छ।

यसैगरी महिन्द्राका सर्टिफाइड युज्ड गाडी खरिद गर्नुपरेमा आकर्षक अफर पनि ल्याएको छ। यो सेवा काठमाण्डौ, भैरहवा र इटहरीमा उपलब्ध छ।

सम्बन्धित समाचारहरू

भारतमा सर्बाधिक बिक्री हुने एसयूभीको पहिलो नम्बरमा सुजुकी फ्रङ्क्सको प्रवेश

भारतमा सर्बाधिक बिक्री हुने एसयूभीको पहिलो नम्बरमा सुजुकी फ्रङ्क्सको प्रवेश

फेब्रुअरी २०२५ मा भारतमा शीर्ष १० एसयूभीको बिक्री सूची सार्वजनिक भएको छ ।...

जावा मोटरसाइकल अब दाङ्ग र धनगढीमा पनि किन्न पाइने

जावा मोटरसाइकल अब दाङ्ग र धनगढीमा पनि किन्न पाइने

काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको...

लन्च भएको ४ महिनापछि सुरु भयो महिन्द्रा बीई६ को डेलिभरी, कहिले आउला नेपाल ?

लन्च भएको ४ महिनापछि सुरु भयो महिन्द्रा बीई६ को डेलिभरी, कहिले आउला नेपाल ?

महिन्द्राले आफ्नो चर्चित इलेक्ट्रिक एसयुभी बीई६ ग्राहकलाई डेलिभरी दिन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...