३५० सिसीमा जोन्टेसको नयाँ म्याक्सी स्कुटर, यस्तो छ पावर र पर्फमेन्स

चिनीयाँ टु ह्विलर निर्माता जोन्टेसले नयाँ स्कुटर लन्च गरेको छ । म्याक्सी सेग्मेन्टको यो स्कुटर ३५० सिसी क्षमताको हो । युरोपेली बजारलाई लक्षित गरी लन्च गरिएको यो स्कुटरलाई कम्पनीले केही समयअघि भारतमा आयोजना भएको अटो एक्स्पोमा समेत देखाएको थियो ।

३५० डी नामको यो स्कुटरमा ३४९ सिसी क्षमतको लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ३६.२ एचपी र टर्क ३८ एनएम रहेको छ । यसमा १२ लिटरको फ्युल ट्यांक दिइएको छ । स्कुटरको तौल १८८ किलोग्राम रहेको छ ।

यो नयाँ स्कुटरमा कीलेस इग्निसन, कलर टिएफटी ड्यास, टाइप–ए र टाइप–सी सहितको दुईवटा यूएसवी चार्जिङ पोर्ट, टायर प्रेसर मोनिटरिङ, स्पोर्ट र इको गरी दुइवटा राइडिङ मोड, ट्रयाक्सन कन्ट्रोल र इलेक्ट्रोनिकल्लि एड्जस्टेवल वाइन्डिस्क्रिन लगायत फिचर पाउन सकिन्छ ।

केही समयअघि मात्र भारतीय बजारमा प्रवेश गरेको यो व्राण्डले आगामी दिनमा यसलाई भारतमै निर्माण गर्न सक्ने आँकलन गरिएको छ । युरोपेली बजारमा यसको प्रतिस्पर्धा विएमडव्लू सी ४०० जिटीसंग हुने जनाइएको छ । जोन्टेस नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको व्राण्ड हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...