नेपालमा पहिलो वर्ष पुरा ग-यो कोमाकी ईभीले, ५५० भन्दा बढी युनिट बिक्री

काठमाडौं – नेपाली बजारमा कोमाकी ईभी भित्रिएको एक वर्ष पुरा भएको छ । कोमाकी ब्रान्डको आधिकारिक वितरकको रुपमा गत वर्ष फागुनको दोस्रो सातामा युनिटी ट्रेडिङ कन्सर्न प्रालिले सो ब्रान्ड नेपाल भित्र्याएको थियो ।

पहिलो चरणमा कोमाकीका दुई इलेक्ट्रिक स्कुटर एसई र भेनिस भित्रिएका थिए । दुवै स्कुटरमा ३ हजार वाटको मोटर छ । एसईले ५ हजार २ सय र भेनिसले ४ हजार ९ सय वाटको पिक पावर दिन्छ । सिंगल चार्जमा दुवैले १४० किलोमिटर रेन्ज दिने बताइएको छ । यी स्कुटरको मूल्य क्रमशः ३ लाख ४९ हजार र ३ लाख ४४ हजार रुपैयाँ छ ।

त्यसपछि कोमाकीका एसई इको र एसई प्रोका साथै भेनिसको समेत भेनिस इको स्कुटर नेपाली बजारमा भित्रिए । हाल यी स्कुटरको मूल्य क्रमशः २ लाख ६९ हजार, २ लाख ७४ हजार र २ लाख ९९ हजार रुपैयाँ छ ।

यो वाहेक कोमाकी भेनिसको अझै पावरफुल स्कुटर समेत भित्रिएको छ । पहिले भित्रिएको मोडलमा ३.१७ किलोवाट आवरको ब्याट्री भएकोमा अर्को ४.७५ किलोवाट आवरको ब्याट्री सहितको भेनिस उपलब्ध छ । यसले २४० किलोमिटर सम्मको रेन्ज दिन्छ र यसको मूल्य ४ लाख ४४ हजार रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा कोमाकी एलवाई र एलवाई प्रो र डीटी ३००० का साथै शारीरिक अशक्त तथा वृद्धवृद्धाका लागि उपयोगी तीन वटा पांग्रा सहितको कोमाकी एक्सजीटी एक्स५ स्कुटर समेत उपलब्ध छन् । यी स्कुटरको मूल्य क्रमशः २ लाख ६९ हजार, २ लाख ७४ हजार, ३ लाख ३० हजार र २ लाख ५९ हजार रुपैयाँ छ ।

कोमाकीको फरक र आकर्षक इलेक्ट्रिक मोटरसाइकल कोमाकी रेन्जर समेत नेपाली बजारमा उपलब्ध छ । क्रुजर स्टाइलको सो मोटरसाइकलको मूल्य ४ लाख ४९ हजार रुपैयाँ छ ।

नेपाली बजारमा करिव ६५० कोमाकी स्कुटर र मोटरसाइकल भित्रिएकोमा करिव ५५० युनिट बिक्री भइसकेको युनिटी ट्रेडिङ कन्सर्नका सेल्स हेड उमेश अधिकारी बताउछन् ।

भारतीय ब्रान्ड कोमाकी र यसका उत्पादनलाई समेत नेपाली ग्राहकले रुचाएका कारण आगामी दिनमा अझै आक्रामक तरिकाले बजार विस्तारमा लाग्ने अधिकारीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ टीभीएसले ल्याउन लागेको नयाँ इलेक्ट्रिक स्कुटर, अर्को हप्ता लन्च हुने

यस्तो छ टीभीएसले ल्याउन लागेको नयाँ इलेक्ट्रिक स्कुटर, अर्को हप्ता लन्च हुने

टीभीएसले २३ अगष्टमा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने भएको छ । यूएईको...

एमजी मोटर्सको नव वर्ष अफर सार्वजनिक, ७ लाख सम्मको छुट

एमजी मोटर्सको नव वर्ष अफर सार्वजनिक, ७ लाख सम्मको छुट

काठमाडौं – एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले...

स्पोर्टी लुक र २५० किमी प्रतिघन्टाको टप स्पिड भएको हुन्डाईको नयाँ इलेक्ट्रिक कार सार्वजनिक

स्पोर्टी लुक र २५० किमी प्रतिघन्टाको टप स्पिड भएको हुन्डाईको नयाँ इलेक्ट्रिक कार सार्वजनिक

हुन्डाईले कोरियामा भएको बुसान मोटर शोमा नयाँ कन्सेप्ट इलेक्ट्रिक कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...