पुरानो बाइकलाई इलेक्ट्रिक बनाउदै युवाहरु

काठमाडौं – आफूसँग भएका पुराना बाइकलाई इलेक्ट्रिक बनाउने कार्यमा अहिले विभिन्न संस्थाहरु लागिपरेका छन् । यसै सन्दर्भमा ब्रेनक्युव रिसर्च अर्गनाइजेसन अन्तर्गतको ई–वाहनले यस्तो कार्य गरिरहेको छ ।

ब्रेनक्युवका एक्जिक्युटिभ डाइरेक्टर आकाश देवका अनुसार यो समूहले हाल चितवनमा करिव ३० वटा बाइकलाई इलेक्ट्रिकमा परिवर्तन गर्ने तयारी गरिरहेको छ । केही दिन पहिले राजधानीको भृकुटीमण्डपमा सम्पन्न क्यान इन्फोटेकमा यो समूहले बाइकलाई इलेक्ट्रिकमा परिवर्तन गर्न सकिने र यसको प्रक्रिया वारेमा जानकारी दिएको थियो ।

पुल्चोक र थापाथली इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरु समेत सहभागी यो समूहले पुराना सवारी साधनलाई इलेक्ट्रिक बनाउन सकिने र यसको लागि करिव १ लाख २० हजार रुपैयाँ हाराहारी खर्च लाग्ने बताएको छ ।

भविष्यमा ट्राफिक कार्यालयमा थुप्रिएका पुराना सवारी साधनलाई समेत यसरी रुपान्तरण गर्ने योजना यो समूहको छ । यद्यपि हाल यसका लागि कानुन निर्माणको क्रममा रहेको र आवश्यक तयारी भइरहेको देवले बताए । यदि त्यसो भयो भने ट्राफिक कार्यालयमा थुप्रिएका हजारौ सवारी साधन उपयोगी बन्न सक्ने छन् ।

त्यसैगरी पठाओ लगायतका राइड सेयरिङका लागि समेत यस्ता सवारी साधन प्रयोग गर्न सकिन्छ । यसबाट ९९ प्रतिशत भन्दा बढी रकम राइडरहरुले नाफा गर्न सक्ने छन् ।

सम्बन्धित समाचारहरू

याडिया भेलाक्स सिरिज इलेक्ट्रिक स्कुटर अब नेपालमा, मूल्य २ लाख ८५ हजार देखि शुरु

याडिया भेलाक्स सिरिज इलेक्ट्रिक स्कुटर अब नेपालमा, मूल्य २ लाख ८५ हजार देखि शुरु

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा प्रारम्भ भएको नाइमा नेपाल मोबिलिटी...

धनतेरेस र नेपाल संबत ११४४ का दिन लुयान एस–७० प्रो किन्दा विशेष छुट

धनतेरेस र नेपाल संबत ११४४ का दिन लुयान एस–७० प्रो किन्दा विशेष छुट

काठमाडौं– लुयान स्कुटरको नेपालका लागि अधिकारिक वितरक जेरो इमिसन राईड एनले...

याडिया प्रिमियम इलेक्ट्रिक स्कुटरमा दशैं अफरः २५ हजार नगद र दुई हेल्मेट तथा २ हजारको फुड भौचर

याडिया प्रिमियम इलेक्ट्रिक स्कुटरमा दशैं अफरः २५ हजार नगद र दुई हेल्मेट तथा २ हजारको फुड भौचर

काठमाडौं – याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...