एनटर्क १२५ रेस एक्सपिले नेपालमा पायो २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्ड

काठमाडौं– टिभिएस एनटर्क रेस एक्सपि २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्डद्वारा सम्मानित भएको छ । १२५ सीसी सेग्मेन्टको स्कुटरमा १० पिएस भन्दा बढी पावर निकाल्ने एक मात्र स्कुटर भएकोमा यसलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड नेपाली स्टार्टअप, उत्पादन र नेपाली प्राविधिक इभेन्टसँग सम्बन्धित नेपाली मिडिया टेक लेखले प्रदान गरेको हो ।

स्कुटर उद्योगमै पहिलो पटक टिभिएसले यो स्कुटरमा भोइस असिस्ट फिचर दिएको छ । सो फिचर अन्तर्गत मोड चेन्ज, नेभिगेसन, कन्सोल ब्राइटनेस एडजस्टमेन्ट, डुनट डिस्टर्ब जस्ता फिचरहरु उपलब्ध छन् । योे भोइस असिस्ट फिचरलाई टिभीएस स्मार्ट कनेक्ट ब्लुतुथ कनेक्टिभिटिले सपोर्ट गरेको छ ।

एनटर्क १२५ रेस एक्सपीको द रेस ट्युन्ड फ्यूल ईन्जेक्सन(आरटि–एफआइ) ईन्जिनले ५५०० आरपीएमका साथ १०.२ पीएसको पावर र १०.८ एनएमको टर्क जेनेरेट गर्दछ । ३ भल्व सिभिटीआई–रेभ ईन्जिन भएको यस स्कुटरको टप स्पिड ९८ किमिप्रति घण्टा रहेको छ ।

एनटर्क १२५ रेस एक्सपीमा स्ट्रिट र रेस गरी दुई मोड रहेका छन् । ट्राइ टोन कलर थिम र रेस इन्स्पायर्ड बडी डिक्यालले पनि यस स्कुटरलाई स्पोर्टि लुक दिएको छ । त्यस्तै यसमा भएको टेलिस्कोपिक सस्पेन्सन र डबल स्टिच्ड हिस्टेरेसिस सिटले यस स्कुटरलाई आरामदायी वनाउनुको साथै बजारमा उपलब्ध अन्य स्कुटर भन्दा फरक देखाएको छ ।

सम्बन्धित समाचारहरू

भ्यालेन्टाइन डे अवसरमा टीभीएसले ल्यायो अफर : स्कुटर किन्दा यस्तो फाइदा

भ्यालेन्टाइन डे अवसरमा टीभीएसले ल्यायो अफर : स्कुटर किन्दा यस्तो फाइदा

काठमाडौं – टीभीएस स्कुटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक...

तीन ठूला बाइक कम्पनीले घोषणा गरे एकै पटक चाडपर्व स्किम, रोजी रोजी बाइक स्कुटर लिन सकिने

तीन ठूला बाइक कम्पनीले घोषणा गरे एकै पटक चाडपर्व स्किम, रोजी रोजी बाइक स्कुटर लिन सकिने

काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका बाइक मध्ये तीन ठूला...

टीभीएस एन्टर्क ओनर्स ग्रुप राइडको दोस्रो च्याप्टर सम्पन्न

टीभीएस एन्टर्क ओनर्स ग्रुप राइडको दोस्रो च्याप्टर सम्पन्न

काठमाडौं – टीभीएस मोटर कम्पनीको लागि नेपालको आधिकारिक वितरक जगदम्बा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...