४ वर्षमा १ लाख ८५ हजार भन्दा बढी युनिट बिक्री भयो महिन्द्राको यो एसयूभी

महिन्द्रा एक्सयूभी३०० लन्च भएको फेब्रुअरी १४ मा ४ वर्ष पुरा भएको छ । यस पछि जनवरी २०२३ को अन्त्य सम्ममा महिन्द्राको सो कम्प्याक्ट एसयूभी १ लाख ८५ हजार ७८२ युनिट बिक्री भइसकेको छ ।

कम्पनीले पहिलो २८ दिनमा मात्रै १३ हजार युनिटको बुकिङ प्राप्त गरेको थियो । साथै, एक्सयूभी३०० ले आफ्नो पहिलो महिनामै टप–३ कम्प्याक्ट एसयूभी ¥यांकिङमा प्रवेश गरेको थियो ।

सो एसयूभी लन्च गरेको ३ महिना भित्रै २६ हजार युनिट बुकिङ प्राप्त गरेको थियो । सो एसयूभी ७ लाख ९० हजार भारुमा लन्च गरिएको थियो । ८ महिना पछि, जनवरी २०२० मा, एक्सयूभी३०० ले ग्लोबल एनक्याप क्रयास टेस्टमा वयस्क अक्युपेन्ट सुरक्षाको लागि ५ स्टर र चाइल्ड अक्युपेन्ट प्रोटेक्शनमा ३ स्टार पाएको थियो ।

सन् २०२० मा एक्सयूभी३०० ३७ हजार ५७६ युनिट बिक्री गरेको थियो । कोभिड–१९ महामारी प्रभाव पछि ३५ हजार ९६५ युनिट बिक्री गरेको थियो । सन २०२२ मा सो एसयूभीले कुल ६० हजार २६० युनिट बिक्री गरी भारतमा टप २५ युटिलिटी सवारी साधनमा १२ औं स्थानमा रहन सफल भएको थियो ।

एक्सयूभी३०० को साथै कम्पनीको अन्य एसयूभी फ्ल्यागशिप एक्सयूभी७००, स्कोर्पियो एन र स्कोर्पियो क्लासिक, थार, बोलेरो र बोलेरो नियोको निरन्तर मागले कम्पनीको बजार हिस्सा बढाउन मद्दत गरिरहेको छ । कम्पनीको शेयर पनि १४.३७ प्रतिशतले बढेर १७.५४ प्रतिशत पुगेको छ ।

सम्बन्धित समाचारहरू

अग्नि ग्रुपले हेटौडामा खोल्यो नयाँ लजिस्टिक्स सेन्टर, नयाँ बोलेरो निओ र जिओ ईभी सार्बजनिक

अग्नि ग्रुपले हेटौडामा खोल्यो नयाँ लजिस्टिक्स सेन्टर, नयाँ बोलेरो निओ र जिओ ईभी सार्बजनिक

काठमाडौं– अग्नि ग्रुपले अग्नि लजिस्टिक्स प्रालिमार्फत हेटौँमा नयाँ...

३ लाख ४० हजार रुपैयाँसम्मले महंगो भयो महिन्द्रा स्कर्पियो, पिकअपमा २ लाख ६५ हजारसम्म वृद्धि

३ लाख ४० हजार रुपैयाँसम्मले महंगो भयो महिन्द्रा स्कर्पियो, पिकअपमा २ लाख ६५ हजारसम्म वृद्धि

नेपाली बजारमा सर्बाधिक माग हुँदै आइरहेको महिन्द्रा स्कर्पियो ३ लाख ४०...

महिन्द्राको ‘क्विक सर्भिस बे’ सुबिधा बाफलमा समेत विस्तार

महिन्द्राको ‘क्विक सर्भिस बे’ सुबिधा बाफलमा समेत विस्तार

काठमाडौं – महिन्द्रा गाडीको सर्भिसिङलाई छिटो छरितो र प्रभावकारी बनाउन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...