स्पेयर पार्ट्समा भारी छुट सहित अशोक लेल्यान्डको मेगा सर्भिस क्याम्प आयोजना हुँदै

अशोक लेल्यान्ड गाडीको नेपालका लागी आधिकारिक वितरक आईएमई मोटर्सले मेगा सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । फागुन ८ देखी १४ गतेसम्म अयोजना हुने सो क्याम्पमा ग्राहकले आफूसंग भएको अशोक लेल्यान्डको जुनसुकै गाडीको मर्मत सम्भारमा विभिन्न छुट र सुविधा पाउने छन् । क्याम्प अशोक लेल्यान्डको देशभर संचालनमा रहेका आधिकारिक सर्भिस सेन्टरमा आयोजना हुनेछ ।

‘सुरक्षित गाडीका लागी जेन्यून स्पेयर पार्टस प्रयोग गरौ’ भन्ने नारा साहित संचालन हुन गइरहेको सो क्याम्पमा ग्राहकले स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुटको सुविधा पाउन सक्ने वताइएको छ । साथै गाडीको ४५ प्वाइन्ट चेक अपलाई निशुल्क गरिएको छ भने लेवर चार्ज र लुव्रिकेन्ट्समा १५ प्रतिशत छुटको व्यवस्था मिलाइएको छ ।

अशोक लेल्यान्डको नेपाली बजारमा मिनी पिकअप ट्रक दोस्तदेखी लाइट कमर्सियल, हेभी ट्रक तथा ट्रिप्पर, स्कुल वस र रुटमा चल्ने सुविधासम्पन्न प्यासेन्जर वसहरु उपलब्ध छन् । वलियो इन्जिन, आरामदायी फिचर र उच्च माइलेज लगायत विशेषताका कारण यो व्रान्डको कमर्सियल भेइकल नेपाली बजारमा लोकप्रिय वनिरहेका छन् ।

गाडीको मर्मत सम्भारलाई सहज र सुलभ वनाउन कम्पनीले देशका विभिन्न स्थानमा जेन्यूइन स्पेयर पार्टस र सर्भिस सेन्टरको नेटवर्क विस्तार गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

आईएमई मोटर्सद्वारा एकै पटक अशोक लेल्यान्डका १० बस हस्तान्तरण

आईएमई मोटर्सद्वारा एकै पटक अशोक लेल्यान्डका १० बस हस्तान्तरण

झापा – नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्स प्रालिले...

७० प्रतिशत फाइनान्स सहित थाइल्यान्ड टुर सम्मको दोस्त पिकअप खरिदमा अफरै अफर

७० प्रतिशत फाइनान्स सहित थाइल्यान्ड टुर सम्मको दोस्त पिकअप खरिदमा अफरै अफर

काठमाडौं – नेपालमा अशोक लेल्यान्ड दोस्त पिकअप बिक्रीवितरण गर्दै आइरहेको...

तनहुँमा हस्तान्तरण गरियो अशोक लेल्यान्ड दोस्तमा निर्मित एम्बुलेन्स

तनहुँमा हस्तान्तरण गरियो अशोक लेल्यान्ड दोस्तमा निर्मित एम्बुलेन्स

काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्धित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...