नारायणगढ–मुग्लिन सडकमा थप १५ दिन दिउँसो सवारी बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा थप १५ दिन दिउँसोको समयमा यातायात बन्द गरिने भएको छ । पुल निर्माणका क्रममा भित्तो काट्न कठिन भएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो ।

गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । पछि माघ ६ गतेदेखि दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन बन्द गरिएको थियो । थप गरिएको समय फागुन ६ गते सकिँदैछ । जिल्ला प्रशासन कार्यालय चितवनमा बुधवार बसेको सरोकारवालाको बैठकले थप १५ दिनका लागि सडक बन्द गरेर काम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार भित्तो काट्ने काम कठिन भएपछि मंगलवार जिल्ला प्रशासन कार्यालय चितवनले विस्फोटक पदार्थको अनुमतिका लागि मन्त्रालयमा सिफारिशसमेत गरेको छ । अनुमति आएसँगै विस्फोट गराएर ढिस्को फोर्ने काम हुने उनले बताए ।

तुइन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो कडा चट्टानको डाँडो छ । त्यही डाँडो काट्न कठिन भएको हो । अन्य पुलको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार भित्तो काट्न कठिन हुने भएपछि विस्फोट गराउन फाइल विभाग हुँदै मन्त्रालय पठाइएको छ । उक्त फाइल रक्षा, गृह हुँदै अघि बढेको छ । विस्फोटको स्वीकृति पाएसँगै भित्तोमा विस्फोट गर्ने योजना रहेको उनले बताए ।

सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० ओटा पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउ भिर भएको ठाउँमा अर्काे पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो । रासस

सम्बन्धित समाचारहरू

तपाई मोटरसाइकल/स्कुटर चलाउनु हुन्छ ? यी १७ कुरामा ध्यान दिनुहोस्

तपाई मोटरसाइकल/स्कुटर चलाउनु हुन्छ ? यी १७ कुरामा ध्यान दिनुहोस्

तपाई हामी अधिकांशको यात्रा सहयात्री मोटरसाइकल/स्कुटर नै हो भन्दा सायद...

पानी परेको समयमा सवारी साधनमा यात्रा गर्दा यी कुरामा ध्यान दिऔं

पानी परेको समयमा सवारी साधनमा यात्रा गर्दा यी कुरामा ध्यान दिऔं

वर्षायाममा सडक अवरुद्ध हुँदा सवारी साधनमा सर्वसाधारणको सहज पहुँच हुन...

वैशाखदेखि लागू हुने गरि उपत्यकासहित बागमतीमा बढ्यो गाडी भाडा

वैशाखदेखि लागू हुने गरि उपत्यकासहित बागमतीमा बढ्यो गाडी भाडा

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...