लुयान स्कुटर किन्दा नगद छुट र निशूल्क एक्सेसरीज
काठमाडौं– लुयान ब्राण्डको नेपालको लागि आधिकारिक वितरक जीरो इमिसन राइड...
काठमाडौं – नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले एक्सप्रेस(टी विद्युतीय ट्याक्सी भित्र्याएको छ । नेपालमा भविष्यमा विद्युतीय ट्याक्सीको माग बढ्ने अनुमानका साथ परीक्षणको लागि यो मोडल नेपाल भित्र्याएको कम्पनीले बताएको छ ।
प्रारम्भिक अवस्थामा यी ट्याक्सी विभिन्न सडकमा परीक्षण भइरहेको र ग्राहकबाट यसको वारेमा पृष्ठपोषण लिइरहेको सिप्रदी ट्रेडिङले जनाएको छ । ट्याक्सी ड्राइभर र कम्पनीकै इन्जिनियरहरुले यसको परीक्षण गरिरहेको र आगामी दिनमा यसलाई कमर्सियल तथा ईभी फ्लिटको रुपमा प्रयोग गर्न सकिने बताइएको छ ।
टाटाको अर्को मोडल टिगोर ईभीको रि–ब्रान्डेड मोडल नै एक्सप्रेस–टी हो । यसमा ५५ किलोवाट क्षमताको मोटर छ, यसले ३० किलोवाट पावर र १७० एनएम टर्क जेनेरेट गर्छ ।
यसमा २६ किलोवाट आवरको ब्याट्री प्याक छ, जसले सिंगल चार्जमा ३०६ किलोमिटर रेन्ज दिने बताइन्छ । यसमा भएको ब्याट्रीलाई फुल चार्ज गर्न सामान्यतः ८ घण्टा ४५ मिनेट लाग्छ भने २५ किलोवाटको डीसी चार्जरले ६५ मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यसमा २४५० एमएमको ह्वीलवेस र १७२ एमएमको ग्राउन्ड क्लियरेन्स छ।
यो गाडीमा अन्य विभिन्न फिचरका अलावा ईबीडी सहितको एयरब्याग, रिभर्स पार्क असिस्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, हर्मनको ८.८९ सेमी कनेक्ट नेक्स्ट इन्फोटेनमेन्ट सिस्टम, इलेक्ट्रोनिक पावर स्टेयरिङ, पावर विन्डोज, ब्लुटुथ कनेक्टिभिटी आदि फिचर उपलब्ध छन् ।
यसको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सो कार र त्यसमा भएको ब्याट्री तथा मोटरमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटर सम्म वारेन्टी उपलब्ध हुन्छ ।
काठमाडौं– लुयान ब्राण्डको नेपालको लागि आधिकारिक वितरक जीरो इमिसन राइड...
भारतको पहिलो इलेक्ट्रिक उड्ने ट्याक्सी सार्बजनिक भएको छ । महिन्द्रा...
काठमाडौं – मिस युनिभर्स नेपाल २०२२ अन्तर्गत आश्मा केसी मिस इको इन्फिनिटी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...