रेनो निसानले २ वटा इलेक्ट्रिक कारसहित ६ वटा कार लन्च गर्ने

भारतमा निसान र रेनोको सहकार्य अझै बलियो हुने भएको छ । निसान र रेनोले २ वटा इलेक्ट्रिक कारसहित ६ वटा नयाँ मोडल लन्च गर्ने घोषणा गरेको छ । यसका लागि दुवै कम्पनीले ५ हजार ३ सय करोड भारु लगानी गर्ने भएका छन् ।

दुवै कम्पनीले संयुक्त प्लेटफर्ममा ३ वटा नयाँ मोडल निर्माण गर्नेछन् । साथै ४ नयाँ सी–सेगमेन्ट एसयूभी समावेश गर्नेछ । दुई नयाँ ए सेगमेन्ट इलेक्ट्रिक कार भारतमा रेनो र निसानको पहिलो ईभी हुनेछ ।

निसान ग्लोबलका प्रमुख अपरेटिङ अफिसर तथा एलायन्स बोर्डका सदस्य अश्विनी गुप्ताले कम्पनीको पहिलो उत्पादन सन् २०२५ सम्ममा लन्च हुने जानकारी दिएका छन् । सो एसयूभीलाई द्रुत गतिका कारलाई मध्यम आकारको ‘सी सेगमेन्ट’मा राखिनेछ भने २ वटा इलेक्ट्रिक कारलाई सानो ‘ए सेगमेन्ट’ श्रेणीमा राखिने उनले बताए ।

हाल दुवै कम्पनीले चेन्नई प्लान्टमा ४ वटा मोडल उत्पादन गर्छन् । कम्पनीले चेन्नई प्लान्टलाई ४९ प्रतिशतबाट ८० प्रतिशत पु¥याउनेछ । निसानले चेन्नई प्लान्टमा क्षमता विस्तार गर्ने कुनै योजना नभएको बताएको छ ।

कम्पनीले सन् २०४५ सम्ममा शतप्रतिशत नवीकरणीय ऊर्जामा ध्यान दिनेछ । चेन्नई प्लान्टले यसको ५० प्रतिशतभन्दा बढी बिजुली नवीकरणीय ऊर्जाबाट उत्पादन गर्छ । कम्पनीले विगत १४ वर्षदेखि आफ्नो टोली र डिलरसँग मिलेर रेनो ब्रान्डको विकास गरिरहेको जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

निसान म्याग्नाइटको एक वर्ष पुरा : भारतमा ३० हजार बिक्री हुँदा नेपालमा कति

निसान म्याग्नाइटको एक वर्ष पुरा : भारतमा ३० हजार बिक्री हुँदा नेपालमा कति

भारतमा निसान म्याग्नाइट लन्च भएको एक वर्ष पुरा भएको छ । गत वर्षको डिसेम्बर...

निसानको ‘प्रि–विन्टर सर्भिस क्याम्प’ सुरु, के–के छन् आकर्षण ?

निसानको ‘प्रि–विन्टर सर्भिस क्याम्प’ सुरु, के–के छन् आकर्षण ?

काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले...

फेस्टिभ सिजनमा चल्तीका गाडीको अभाव : मारमा पर्न थाले डिलरहरु

फेस्टिभ सिजनमा चल्तीका गाडीको अभाव : मारमा पर्न थाले डिलरहरु

सवारीसाधन उत्पादनमा अत्यावश्यक सेमिकन्डक्टरको विश्वव्यापी अभावका कारण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...