लागू भयो ट्रायलमा अंक प्रणाली, आजदेखि ७० अंक ल्याए लाइसेन्स

सवारी चालक अनुमति पत्र निर्देशिका बनेको झन्डै दुई वर्षपछि बागमती प्रदेशमा ट्रायल प्रयोगात्मक परीक्षामा अंकप्रणाली लागू भएको छ । यातायात व्यवस्था कार्यालय चाबहिलको ट्रायल सेन्टरबाट परीक्षण गरेर आजबाट अंकभार प्रणाली लागू भएको हो ।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, मुख्य सचिव मुकुन्दप्रसाद निरौला लगायतले अंकभार ट्रायल परीक्षणको स्थलगत अवलोकन गरेका छ्न।

ट्रायलको क्रममा सामान्य त्रुटि भए पनि सेवाग्राही पास हने छन् । खासगरी साना साना गल्तिमा पनि फेल गराउँदा लाइसेन्स वितरणमा ढिलाइ हुनुको साथै चालकहरूले अवैधानिक रूपमा लाइसेन्स निकाल्ने चलन बढेपछि यो प्रणाली लागू गरिएको छ ।

यातायात व्यवस्था विभागले ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था ल्याएको लामो समय भइसकेको छ । विभागले २०७८ जेठदेखि नै निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्ने बताएको थियो । तर यस्तो व्यवस्था सबै प्रदेश सरकारले लागू गर्न सकेका थिएनन् ।

प्रदेश नं १, मधेश प्रदेश र गण्डकी प्रदेशमा नयाँ व्यवस्था केही समय अघि नै लागू भइसकेको छ ।

यस्तो छ नयाँ व्यवस्था

नयाँ निर्देशिकाअनुसार परीक्षामा मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको ट्रायललाई सहज बनाइएको छ । मोटरसाइकलको परीक्षामा कहींकतै छोए वा भुइँ टेकेमा अनुत्तीर्ण नहुने व्यवस्था छ । नयाँ व्यवस्थाअनुसार घुमाउरो आठमा एक पटकसम्म रेखा छोएमा अनुत्तीर्ण हुनुपर्ने छैन । रेखा छोएमा पाँच अंक घट्नेछ ।

एक पटक खुट्टाले भुइँमा टेके पाँच अंक घट्नेछ । युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक र ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्नेछ । अंक घट्दै गएर ७० भन्दा कम आएमा मात्र लाइसेन्स पाउन योग्य मानिने छैन । खाल्टाखुल्टीमा एक पटकसम्म भुइँ टेकेमा पाँच र एक पटक सवारीको स्टार्ट बन्द भए पाँच अंक घट्ने व्यवस्था गरिएको छ । सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाको सामान्य निरीक्षण नगरे तीन अंक घट्ने व्यवस्था निर्देशिकामा रहेको छ । हेलमेटको लक नलगाई सवारी चलाएमा पनि चार अंक घट्नेछ ।

सम्बन्धित समाचारहरू

पूर्वाधार र यातायात क्षेत्रमा कुन दलको कस्तो एजेन्डा ? यस्तो छ अवस्था

पूर्वाधार र यातायात क्षेत्रमा कुन दलको कस्तो एजेन्डा ? यस्तो छ अवस्था

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको...

बेनी–जोमसोम सडक कालोपत्र शुरु

बेनी–जोमसोम सडक कालोपत्र शुरु

कोरोनाको दोस्रो लहरले मुलुक आक्रान्त भइरहेका बेला कालीगण्डकी...

साझा यातायातलाई ४० वटा विद्युतीय बस उपलब्ध गराउने भयो चीनको सीएचटीसीले, भयो सम्झौता

साझा यातायातलाई ४० वटा विद्युतीय बस उपलब्ध गराउने भयो चीनको सीएचटीसीले, भयो सम्झौता

काठमाडौं – साझा यातायातले चीनको सीएचटीसी किन्विन (नान्जिङ) अटोमोबाइल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...