पोर्चुगलले गर्ने प्रत्येक गोलमा एउटा दिपल कार उपहार
चिनियाँ अटोमेकर चांगनले फुटबल विश्वकपलाई लक्षित गर्दै चीनमा एक निकै...
हालै आयोजना भएको हैदराबाद ई–मोटर शोमा विश्वको सबैभन्दा तीव्र गतिको इलेक्ट्रिक कार सार्वजनिक भएको छ । यसको नाम ‘बाटिस्टा’ हो । यसको डिजाइन पिनिनफरिनाले गरेको हो ।
बाटिस्टाको डिजाइन आकर्षक हुनुका साथै इटालीमा बनेको सबैभन्दा शक्तिशाली कार पनि हो । साथै, यो आधिकारिक रूपमा संसारको सबैभन्दा टप स्पिड इलेक्ट्रिक कार पनि बनेको छ ।
पिनिनफरिना महिन्द्रा समूहको इटालियन लक्जरी कार ब्रान्ड हो । बाटिस्टाको मूल्य करिव ३० करोड रुपैयाँ राखिएको छ । यसले १.८६ सेकेन्डमा ०–१०० किमी प्रतिघण्टा र ४.७५ सेकेन्डमा ०–२०० किमी प्रति घण्टाको गति लिन सक्छ । बाटिस्टाले मात्र ३१ मिटरमा १०० किलोमिटर प्रतिघण्टाबाट ० सम्मको गति घटाउन सक्छ ।
सो इलेक्ट्रिक कारको टप स्पिड ३५० किमी प्रतिघण्टा छ । यसको ब्याट्रीमा १२० केडब्ल्युएचको क्षमता छ र यसमा ६९६० लिथियम–आयोन सेल छ । यसको तौल लगभग २ टन छ । यसको ड्राइभिङ रेन्ज ४८२ किलोमिटर छ ।
चिनियाँ अटोमेकर चांगनले फुटबल विश्वकपलाई लक्षित गर्दै चीनमा एक निकै...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका पदाधिकारीहरुले हालै...
काठमाडौं – नायिक बेनिसा हमालले ओमोडा ई५ ईभी रोजेकी छिन् । नेपालका लागि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...