२ करोड भन्दा कम मूल्यमै नेपालमा उपलब्ध हुने भयो ७ सिटर एसयूभी जिप मेरिडियन

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने जिपको नयाँ ७ सिटर एसयूभी मेरिडियनको मूल्य सार्वजनिक भएको छ । नेपालका लागि जिपको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज अन्तर्गतको लाइफ अटोमोबाइलले जिप मेरिडियनको मूल्य सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार नेपाली बजारमा जिप मेरिडियन टप स्पेक लिमिटेड (ओ) भेरिएन्टमा उपलब्ध हुनेछ । यसको मूल्य १ करोड ८० लाख ९० हजार रुपैयाँ हुनेछ । नेपाली बजारमा केही दिन पश्चात सो एसयूभी बिक्रीका लागि उपलब्ध हुने कम्पनी स्रोतले जनाएको छ ।

भारतमा गत बैशाख महिनामा सार्वजनिक गरिएको जिप मेरिडियन थ्रि रो भएको एसयूभी हो । नेपालमा भने आयात प्रतिबन्धका कारण सो एसयूभी भित्रिन ढिलाई भइरहेको थियो ।

नयाँ जिप मेरिडियन जिपकै कम्पासको ४ बाई ४ प्लेटफर्ममा आधारित छ । जिपका इन्जिनियरहरुले लामो ह्विलबेस र ठूलो एसयूभीलाई अटाउन प्लेटफर्ममा सुधार गरेका छन् । साथै, कम्पनीले यसको सुरक्षालाई बेजोड बनाउन उच्च कोटीको स्टिल प्रयोग गरेको छ ।

मेरिडियन जिप कम्पासकै प्लेटफर्ममा बनाइएको भए पनि यसको ‘स्टाइलिङ’ ठूलो जिपबाट प्रभावित छ । यसको ह्विलबेस र ‘रियर ओभरह्यांग’ लामो छ र ‘डोर’ पनि ठूलो छ ।

जिप मेरिडियन एसयूभीको फ्रन्टमा बाई–फंक्शन एलईडी हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डे–टाइम रनिङ लाइटको साथै आकर्षक बम्पर, एलईडी फग ल्याम्पसहितको आइकोनिक सेभेन–स्लेट ग्रिल समावेश गरिएको छ । रियरमा होरिजेन्टल एलईडी टेललाइट, रियर वाइपर र वाशर र इन्टिग्रेटेड रियर स्पोइलर छ । यो एसयूभीमा १८ इन्चको डायमण्ड–कट अलोय ह्वील उपलब्ध छ ।

जिप मेरिडियनमा २.० लिटर ४ सिलिन्डर टर्बोचार्ज्ड डिजेल इन्जिन जडान गरिएको छ । सो इन्जिनले अधिकतम १७० बीएचपी पावर र ३५० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड रुपमा दिइएको छ । यसमा ९ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्ससहित फ्रन्ट ह्विल ड्राइभ र अल ह्विल ड्राइभ दुवै सिस्टममा उपलब्ध छ । एसयूभीमा पेट्रोल इन्जिनको विकल्प उपलब्ध छैन ।

जिप मेरिडियनको लम्बाई ४७६९ एमएम, चौडाइ १८५८ एमएम र उचाई १६९८ एमएम र ह्विलबेस २७९४ एमएम छ । जिप मेरिडियन ३ पंक्ति एसयूभी स्मल वाइड ४X४ प्लेटफर्ममा आधारित छ ।

मेरिडियनमा ३ वटा ड्राइभ मोड स्नो, स्यान्डरमड र अटो मोड रहेको छ । सो एसयूभीले १०.८ सेकेन्डमा ० देखि १०० किमी प्रतिघन्टाको गति लिन सक्छ र यसको टप स्पिड १९८ किमी प्रतिघन्टा छ ।

जिप मेरिडियनमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोसँग १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जस्ता फिचर रहेको छ । यसको साथै इलेक्ट्रिकली एडजस्टेबल फ्रन्ट सिट, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, वायरलेस फोन चार्जिङ, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, पानारोमिक सनरुफ, पावरेड टेलगेट र ९ स्पिकर अल्पाइन सोर्स अडियो सिस्टम जस्ता फिचर समावेश छ ।

जिप मेरिडियनमा ६० भन्दा बढी सेफ्टी र सेक्युरिटी फिचर उपलब्ध छ । नयाँ जिप मेरिडियनमा ६ एयरब्याग, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल स्टार्ट र डिसेन्ट कन्ट्रोल, ३६० डिग्री क्यामेरा र अन्य सेफ्टी फिचर छ ।

जिप मेरिडियनको प्रतिस्पर्धा टोयोटा फर्चुनर, स्कोडा कोडियाक आदिसँग हुनेछ ।

सम्बन्धित समाचारहरू

जिपको नयाँ कम्पासमा बढ्यो आकर्षण, स्पोर्ट र एस– मोडल खरिद गर्न डेढ महिनासम्म कुर्नुपर्ने

जिपको नयाँ कम्पासमा बढ्यो आकर्षण, स्पोर्ट र एस– मोडल खरिद गर्न डेढ महिनासम्म कुर्नुपर्ने

अमेरिकन आइकनिक ब्रान्ड जिपको नयाँ कम्पासले अहिले नेपाली एसयूभी पारखीलाई...

स्कोडाको नयाँ सेडान स्लाभिया सार्वजनिक, दुई इन्जिन अप्सनमा उपलब्ध हुने

स्कोडाको नयाँ सेडान स्लाभिया सार्वजनिक, दुई इन्जिन अप्सनमा उपलब्ध हुने

स्कोडा स्लाभिया सेडान भारतमा वर्ल्ड प्रिमियर गरिएको छ । हाल बजारमा उपलब्ध...

नेपाली बजारमा उपलब्ध कम मूल्यका टप ४ टर्बो पेट्रोल कार

नेपाली बजारमा उपलब्ध कम मूल्यका टप ४ टर्बो पेट्रोल कार

नेपाली बजारमा समेत कार पारखीहरु बढिरहेका छन् । इन्ट्री लेवल देखि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...