नयाँ बिद्युतिय कार ‘जेएमईभी जिएसई’ को बिक्री सुरु, यस्तो छ मुल्य र विशेषता
काठमाडौं–नेपाली बजारमा अर्को नयाँ चिनियाँ ईभी उपलब्ध भएको छ । चिनियाँ अटो...
काठमाडौं – नेपाली बजारमा उपलब्ध बीवाईडीको इलेक्ट्रिक कार एट्टो ३ अब १०० किलोवाट भन्दा कम क्षमताको मोटरमा उपलब्ध हुने भएको छ । पहिले १५० किलोवाट क्षमताको मोटरमा उपलब्ध सो कार अब भने कम क्षमतामा उपलब्ध हुनेछ ।
नेपाली बजारमा १०० किलोवाट भन्दा कम क्षमताको मोटर भएको इलेक्ट्रिक गाडीका लागि करको दर कम तोकिएको छ । यस अनुसार यसको मूल्य कम हुनेछ । पहिले उपलब्ध एट्टो ३ को मूल्य ८९ लाख ९० हजार रुपैयाँ छ । अब आउने मोडलको मूल्यमा करिव १० प्रतिशत करको दर कम हुने भएकाले यसको मूल्यमा करिव २० लाख रुपैयाँको हाराहारीले कमी आउन सक्ने छ ।
बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले सामाजिक सञ्जालमार्फत आज बेलुकी ६ बजेर ४५ मिनेटमा विशेष समाचार सार्वजनिक गरिने बताएको छ । यसलाई कम्पनीले ‘द मोस्ट इलेक्ट्रिफाइङ न्युज अफ द इयर’ भनेको छ ।
साइमेक्स इंकले पहिले देखि नै यस प्रकारको इलेक्ट्रिक कार नेपाली बजारमा ल्याउने चर्चा भइरहेको थियो । यसका आधारमा आज त्यही जानकारी सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।
मोटर पावर कम भए पनि बीवाईडी एट्टो ३ को अन्य फिचरमा भने परिवर्तन नहुने बताइएको छ । नेपाली बजारमा हाल उपलब्ध बीवाईडी एट्टो ३ मा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री दिइएको छ । जसले एकपटकको फुल चार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ । यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले यसको ब्याट्रीलाई करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।
बीवाइडीले यो नयाँ कारलाई उसको आफ्नो डेडिकेटेड ईभी प्लेटफर्ममा तयार पारेको हो । प्रिमियम स्तरको सामग्री र फराकिलो क्याबिन स्पेस भएको यो एट्टो३ मा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले र ७ वटा एयरब्याग दिइएको छ ।
काठमाडौं–नेपाली बजारमा अर्को नयाँ चिनियाँ ईभी उपलब्ध भएको छ । चिनियाँ अटो...
विश्वकै अग्रणी इलेक्ट्रिक सवारी निर्माता कम्पनी बीवाईडीले आफ्नो...
भारतीय इलेक्ट्रिक स्कुटर निर्माता ओकिनावाले २४ मार्चमा नयाँ इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...