भिनफास्टको भीएफ५ अपडेटसहित लन्च, ३७० किलोमिटर रेन्ज दिने
भिनफास्टले कम्प्याक्ट इलेक्ट्रिक एसयूभी भीएफ५ को फेसलिफ्ट संस्करण...
जीपले आफ्नो लोकप्रिय एसयूभी कम्पास र मेरिडियनको नयाँ एडिसन लन्च गरेको छ । क्लव एडिसनका नामले आएको यी दुई एसयूभीको मूल्य क्रमश २० लाख ९९ हजार र २७ लाख ७५ हजार भारु निर्धारण गरिएको छ । सिमित संख्यामा उपलब्ध हुने यी एसयूभीको मूल्य फेव्रुअरी २८ सम्मका लागीमात्र लागु हुने कम्पनीले जनाएको छ ।
यो नयाँ एडिसन हाल कारोवार भइरहेको यी दुई एसयूभीको वेस ट्रिममा आधारित रहेको छ । दुवै एसयूभीको टेल गेटमा लिमिटेड एडिसन लेखिएको व्याज पाउन सकिन्छ । यो नयाँ एडिसनमा जिपले रेगुलर कम्पास र मेरिडियनको वेस ट्रिममा उपलब्ध फिचरलाई निरन्तरता दिएको छ ।
कम्पास क्लव एडिसनमा एलइडी हेडल्याम्प, १७ इन्चको अलोई ह्विल, ८.४ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कार प्ले तथा एन्ड्रोइ अटो, क्रुज कन्ट्रोल, डुअल एयरव्याग र इएससी लगायत फिचर सामेल गरिएको छ ।
यसैगरी मेरिडियनमा अटोमेटिक एलइडी प्रोजेक्टर हेडल्याम्प, १८ इन्चको ह्विल, वायरलेस चार्जर, ७ इन्चको डिजिटल इन्स्ट्रयूमेन्ट क्लस्टर, १०.१ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, डुअल जोन एसी र ६ वटा एयरव्याग लगायत फिचर दिइएको छ ।
यी दुवै एसयूभीमा जीपले एउटा मात्र पावरट्रेन दिएको छ । जसमध्ये कम्पासमा १.४ लिटर टर्वो पेट्रोल इन्जिन जडान भएको छ भने मेरिडियनमा २.० लिटर डिजेल इन्जिन दिएको छ । यी एसयूभीको पावर क्रमश १६३ एचपी र १७० एचपी रहेको छ ।
जीपका यी दुई एसयूभी मध्ये कम्पास नेपाली बजारमा उपलब्ध रहँदै आएको लोकप्रिय प्रिमिय एसयूभी हो भने मेरिडियन नेपाल भित्रिने तयारीमा रहेको छ । सिमित संख्यामा उत्पादन हुने हुँदा यसको क्लव एडिसन नेपाल आउने विषयमा तत्कालै यकिन गर्न नसकिने देखिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...