मोटरसाइकलको कर फागुन मसान्त भित्र बुझाएमा ५ वर्षको जरिवाना छुट

काठमाडौं – आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले यही २०७९ फागुन मसान्तभित्र कर बुझाएमा जरिवाना छुट हुने भएको छ । बिहीबार एक सूचना प्रकाशित गरि यातायात व्यवस्था कार्यालय मोटरसाइकल, काठमाडौंले यस्तो जानकारी दिएको हो ।

कार्यालयले विगत आर्थिक वर्षहरुदेखि कर तिर्न बाँकी भएका सवारी धनीहरुलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रहसमेत गरेको छ । प्रयोग नभएका सवारी साधनहरु चालु आर्थिक वर्षसम्मको कर नवीकरण तथा जरिवाना रकम भुक्तानी गरी विधिवत् लगतकट्टा गर्न पनि विभागले भनेको छ ।

सवारी साधन कर नतिरेमा सरकारी बक्यौता सरह असुलउपर गरिने र त्यसका लागि स्थानीय तहहरूसँग समन्वयसमेत गरिएको कार्यालयले बताएको छ।

सम्बन्धित समाचारहरू

सवारी साधन पार्ट्स र अन्य व्यवसायीका लागि काठमाडौं महानगरले तोक्यो यस्तो दर

सवारी साधन पार्ट्स र अन्य व्यवसायीका लागि काठमाडौं महानगरले तोक्यो यस्तो दर

काठमाडौं – काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा सवारी साधन सम्बन्धी...

५० वर्षमा प्रवेश ग-यो हिट्को प्रालि, अब ईभी इक्विपमेन्टमा जोड

५० वर्षमा प्रवेश ग-यो हिट्को प्रालि, अब ईभी इक्विपमेन्टमा जोड

काठमाडौं – सवारी साधन बिक्री गरे पश्चात उपलब्ध गराइने बिक्री पछिको सेवा...

ललितपुरमा टोटल क्वार्ट्ज अटो सर्भिसेजको आउटलेट

ललितपुरमा टोटल क्वार्ट्ज अटो सर्भिसेजको आउटलेट

काठमाडौं – नेपालका लागि टोटल इनर्जिज लुब्रिकेन्ट्सको आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...