दाङमा एयर सस्पेन्सन स्लिपर एसी बस सञ्चालनमा, बसमा सुतेरै यात्रा गर्न सकिने

दाङबाट काठमाडौंमा बस सेवा संचालन गरिरहेको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले दाङमा पहिलो पटक सुतेर यात्रा गर्न सकिने एयर सस्पेन्सन स्लिपर एसी बस सञ्चालनमा ल्याएको छ । प्रालिका अध्यक्ष सुरेश हमालका अनुसार प्रविधिको विकास र यात्रुको सुविधालाई मध्यनजर गर्दै ल्याइएको ३६ सिटे बसमा ४ वटा सिटमा सुत्न मिल्ने छ ।

बसेर यात्रा गर्नका लागि १८ सय र सुतेर यात्रा गर्नका लागि २ हजार रुपैयाँ भाडा लाग्ने छ । बसमा चढ्ने वित्तिकै यात्रुले एक बोतल पानी र कुकिज पनि प्राप्त गर्ने छ । प्रत्येक दिन एउटा मात्र बस तुलसीपुरबाट काठमाण्डौका लागि छुट्ने छ ।

दाङको तुलसीपुरबाट बेलुकी साढे पाँच बजे र काठमाडौंबाट पौने ६ बजे एयर सस्पेन्सन स्लिपर एसी बस छुट्ने छ । प्रालिले तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर यस अघि ब्लुस्काई, सेभेन स्टार सञ्चालनमा ल्याइसकेको र अहिले पहिलो चरणमा सस्पेन्सन ४ वटा बस ल्याइएको बताएको छ ।

सम्बन्धित समाचारहरू

सार्वजनिक यातायात व्यवसायी सन्तुष्ट हुन नसकेको बजेट

सार्वजनिक यातायात व्यवसायी सन्तुष्ट हुन नसकेको बजेट

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गरेको छ ।...

राजा महेन्द्रको दोश्रो अमेरिका भ्रमण : कारमा नेपाल तथा अमेरिकी झण्डा

राजा महेन्द्रको दोश्रो अमेरिका भ्रमण : कारमा नेपाल तथा अमेरिकी झण्डा

अमेरिकी राष्ट्रपति लिन्डन वि जानसनको निमन्त्रणामा २०२४ साल कार्तिक १५ गते...

सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाइदै, पोखराका ट्याक्सी व्यवसायीले ल्याए आफ्नै मोबाइल एप

सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाइदै, पोखराका ट्याक्सी व्यवसायीले ल्याए आफ्नै मोबाइल एप

पोखरा – राइड सेयरिङको विरोध गर्दै सडकमा उत्रिएका पोखराका ट्याक्सी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...