महिन्द्राको इलेक्ट्रिक थ्रि ह्विलरमा ४० हजारसम्म नगद छुट, देश भरका सोरुममा एक्सचेन्ज मेला

काठमाडौं– महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइलमोबिलिटी) को ट्रियो र यारी इलेक्ट्रिक अटोको खरिदमा ग्राहकले ४० हजार रुपैयासम्म नगद छुट पाउने भएका छन् । नेपालका लागि आधिकारिक विक्रेता अग्नी इनर्जी प्रालिले आइतवार थप तीनवटा नयाँ बिक्री केन्द्रको शुभारम्भ गर्दै यस्तो घोषणा गरेको हो । यो योजना फेव्रुअरी महिनाभर लागु हुने कम्पनीले वताएको छ ।

कम्पनीले दमक, भैरहवा र नेपालगंजमा नयाँ सोरुम विस्तार गर्दै नगद छुट र एक्सचेन्ज मेलाको घोषणा गरेको हो । यी नयाँ सोरुम सहित अग्नी इनर्जीको देशभर १२ वटा नेटवर्क विस्तार भएकोे छ । अग्नी इनर्जीले यसअघि बिर्तामोड, विराटनगर, इटहरी, सिन्धुली, मलंगवा, हेटौंडा, नारायणघाट, बुटवल र सुर्खेतबाट इलेक्ट्रिक थ्री ह्विलरको बिक्री गर्दै आइरहेको थियो ।

नगद छुटको यो नयाँ योजनाले ग्राहकलाई राहत दिने र नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो ट्रियो र यारीको को प्रयोगले उद्यमशीलतामा टेवा पुर्याउने कम्पनीको वुझाई छ । साथै मेलाबाट पुराना तथा नयाँ ग्राहकले अधिकतम लाभ लिन सक्ने अपेक्षा कम्पनीले राखेको छ ।

महिन्द्राका यी इलेक्ट्रिक थ्री ह्विलरमा एड्भान्स लिथियम आयोन टेक्नोलोजिबाट निर्मित व्याट्री जडान गरिएका कारण गाडीको पर्फमेन्स उत्कृष्ट रहने दावी गरिएको छ । कम्पनीले विक्री गर्दै आइरहेको ट्रियो अटोलाई तीन घन्टा ५० मिनेटमा चार्ज गर्दा १३० किलोमिटर र यारीलाई २ घन्टा ३० मिनेटमा चार्ज गर्दा ८५ किलोमिटर रेन्ज दिने कम्पनीको भनाई छ ।

यी इलेक्ट्रिक अटोमा क्रमश तीन वर्ष अर्थात ८० हजार किलोमिटर र तीन वर्ष अर्थात ४० हजार किलोमिटर वारेन्टि दिइएको छ ।

सम्बन्धित समाचारहरू

दराज महाबचत बजार : यी ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार छुट

दराज महाबचत बजार : यी ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार छुट

काठमाडौं – दराज अनलाइन सपिङले महाबचत बजार उपलब्ध गराइरहेको छ । सो अवसरमा...

नक्सालमा खुल्दै प्रिमियम ईभी स्काइवेलको शोरुम

नक्सालमा खुल्दै प्रिमियम ईभी स्काइवेलको शोरुम

काठमाडौं – अटोमोबाइल हबको रुपमा परिचित नक्सालमा अब प्रिमियम ईभी...

तेल भर्ने समय भन्दा कम समयमै ब्याट्री चार्ज गर्न सकिने ग्रेफिन टेक्नोलोजीयुक्त कार

तेल भर्ने समय भन्दा कम समयमै ब्याट्री चार्ज गर्न सकिने ग्रेफिन टेक्नोलोजीयुक्त कार

विश्वभर इलेक्ट्रिक कारको चलन सुरु भइसकेको छ । साथै भारतलगायत नेपालमा पनि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...