स्मार्टफोन निर्माता कम्पनी साओमीको पहिलो इलेक्ट्रिक कारको फोटो लिक

स्मार्टफोन निर्माता कम्पनी साओमीले इलेक्ट्रिक कार ल्याउने तयारी गरिरहेको छ तर कम्पनीले सो कार लन्च गर्नु भन्दा अघि नै यसको फोटो सामाजिक सञ्जालमा लिक भएको छ ।

मिडिया रिपोर्टका अनुसार साओमीको उक्त इलेक्ट्रिक कारको नाम एमएस११ हुन सक्छ । कम्पनीले सन् २०२१ मा नै इलेक्ट्रिक सवारीसाधन सेगमेन्टमा प्रवेश गर्ने घोषणा गरेको थियो । साथै कम्पनीले आउँदो १० वर्ष भित्र १० अर्ब डलर लगानी गर्ने समेत घोषणा गरेको छ ।

सामाजिक सञ्जालमा लिक भएको फोटो अनुसार यसको डिजाइन अन्य कारहरुबाट प्रेरित भएको देखिन्छ । झट्ट हेर्दा यो कार बीवाईडी जस्तो देखिन्छ । कारमा एलईडी हेडलाइटका साथै ड्युअल टोन स्किम पनि देख्न सकिन्छ । कारको अन्य फिचरको बारेमा भने कुनै जानकारी सार्वजनिक भएको छैन ।

कम्पनीको सो इलेक्ट्रिक कार चीनमा परीक्षणको क्रममा धेरै पटक देखिएको पनि मिडिया रिपोर्टमा दाबी गरिएको छ । कम्पनीले यो सेडान इलेक्ट्रिक कारलाई सबैभन्दा पहिले चीनमा लन्च गर्नेछ ।

सम्बन्धित समाचारहरू

यस्तो छ आगामी फेस्टिभ सिजनमा नेपाल भित्रिने नयाँ इलेक्ट्रिक कार

यस्तो छ आगामी फेस्टिभ सिजनमा नेपाल भित्रिने नयाँ इलेक्ट्रिक कार

इन्डोनेसियामा उत्पादन हुने वुलिङ एयर ईभी नेपाली बजारमा भित्रिने भएको छ ।...

फुल चार्जमा ७०० किलोमिटरको रेन्ज दिने इलेक्ट्रिक सुपरकार, ३५० किलोमिटर प्रतिघन्टा टप स्पिड

फुल चार्जमा ७०० किलोमिटरको रेन्ज दिने इलेक्ट्रिक सुपरकार, ३५० किलोमिटर प्रतिघन्टा टप स्पिड

मिन मेटल मोटर्स (एमएमएम) नामको इन्डियन स्टार्टअपले भारतमा पहिलो पटक...

दोस्रो पटक बढ्यो आईकार भी२३ को मूल्य, कति पुग्यो ?

दोस्रो पटक बढ्यो आईकार भी२३ को मूल्य, कति पुग्यो ?

काठमाडौं – चर्चित विद्युतीय एसयूभी आईकार भी२३ को मूल्य बढेको छ । चेरीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...