याडिया स्कुटरमा ३० हजार नगद छुट, फाइनान्समा ६.९९ प्रतिशत व्याज

याडिया स्कुटरको आधिकारिक वितरक कुजु नेपालले जुनसुकै व्रान्डको पुरानो मोटरसाइकल तथा स्कुटरसंग याडियाको व्रान्ड न्यू इलेक्ट्रिक स्कुटर एक्सचेन्ज गर्न मिल्ने स्किम ल्याएको छ ।

सो स्किमसंगै कम्पनीले याडीया स्कुटरको खरिदमा ३० हजार नगद छुट दिने वताएको छ । साथै फाइनान्स सुविधामा खरिद गर्न चाहने ग्राहकले ६.९९ प्रतिशत व्याजदरमा मासिक किस्ता भुक्तानी गर्नेगरी यी स्कुटर खरिद गर्न सक्नेछन् । ग्राहकले एक आर्थिक वर्षको रोड ट्याक्स समेत निशुल्क पाउने छन् ।

याडियाको हाल नेपाली बजारमा ८० किलोमिटर रेन्ज प्रदान गर्ने सि१एस र जी५ मोडल तथा ६० किलोमिटर रेन्जको एस लाइक स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य क्रमश ३ लाख ७० हजार, ३ लाख ५० हजार र २ लाख ५५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यी स्कुटरको विक्री वितरण र विक्री पछिको सेवा उपलब्ध गराउन कम्पनीले काठमाडौं सहित पोखरा, चीतवन, दाङ, वुटवल, ललितपुर र भक्तपुरमा डिलर नेटवर्क स्थापना गरेको छ ।

निकट भविष्यमा विर्तामोड, दमक, धरान, इटहरी, विराटनगर, लहान, जनकपुर, हेटौडा, भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र धनगढीमा नयाँ आउटलेट संचालन गर्ने तयारी गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

ईभी, हाइब्रिड र सोलारपछि अब फ्लेक्स फ्युल कारको चर्चा : के हो फ्लेक्स फ्युल ?

ईभी, हाइब्रिड र सोलारपछि अब फ्लेक्स फ्युल कारको चर्चा : के हो फ्लेक्स फ्युल ?

इलेक्ट्रिक भेइकल, हाइब्रिड कार र सोलार कार पछि अब नयाँ फ्युलको चर्चा चलेको...

मध्यपूर्व द्वन्द्वले चिनियाँ अटो निर्यातमा बाधा, दुबईमार्फत हुने निर्यातमा ठूलो धक्का

मध्यपूर्व द्वन्द्वले चिनियाँ अटो निर्यातमा बाधा, दुबईमार्फत हुने निर्यातमा ठूलो धक्का

मध्यपूर्वमा द्वन्द्व तिव्र हुँदै जाँदा चिनियाँ अटोमेकरहरूले आफ्नो...

विराटनगरमा प्रोटोन ईमासको भव्य शोरुम उदघाटन, पूर्वी नेपालमा पनि बलियो उपस्थिति

विराटनगरमा प्रोटोन ईमासको भव्य शोरुम उदघाटन, पूर्वी नेपालमा पनि बलियो उपस्थिति

विराटनगर – जगदम्बा मोटर्स प्रालि अन्तर्गतको नेपालकै अग्रणी इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...