टियागो इभीको भारतमा डेलिभरी शुरु, नेपाल आउन समय लाग्ने

टाटा मोटर्सको सस्तो इलेक्ट्रिक ह्याचव्याक टियागोको भारतमा डेलिभरी शुरु भएको छ । कम्पनीले आफ्नो पहिलो २ हजार ग्राहकलाई यो कार डेलिभरी दिन थालेको हो । ५ महिना अघि लन्च भएको यो कारको वुकिङ खुल्ला भएको पहिलो दिनमै १० हजार युनिट वुक भएको थियो । हाल यो कारको वुकिङ २० हजार युनिट नाघेको कम्पनीले जनाएको छ ।

भारतमा यो कारको शुरुवाती मूल्य ८ लाख ४९ हजार भारु निर्धारण गरिएको छ भने टप भेरिएन्टलाई ११ लाख ७९ हजार भारु पर्छ । यो मूल्य पहिलो १० हजार ग्राहकका लागि मात्र लागु हुने र त्यसपछि मूल्य वृद्धि हुने कम्पनीले यसअघि नै वताएको थियो ।

टियागो इभी १९.२ र २४ किलोवाट गरी कुल दुई व्याट्री अप्सनमा उपलब्ध छ । यो कारले एक पटकको फूल चार्जमा ३१५ किलोमिटर सम्म रेन्ज प्रदान गर्ने दावी गरिएको छ । हालको वुकिङलाई आधार मान्दा यो कार हात पार्न ग्राहकले भारतमा ६ महिनासम्म कुर्नुपर्ने देखिन्छ ।

भारतमा लन्च भए लगत्तै नेपाली बजारमा समेत चासोका साथ लिइएको यो इभी नेपाली बजारमा भने लगत्तै उपलब्ध नहुने देखिएको छ । भारतमै माग उच्च रहेको र उत्पादन सिमित रहेको कारण यो कार नेपाल आउन केही समय लाग्ने आधिकारिक वितरक सिप्रदि ट्रेडिङ स्रोतको भनाई छ । आपूर्ती सहज हुँदै गएको खण्डमा यसै वर्षको अन्तिम सम्ममा नेपाली ग्राहकले यो कार हात पार्न सक्ने उक्त स्रोतले नेपाल अटोलाई वताएको छ ।

सम्बन्धित समाचारहरू

अस्ट्रेलियामा दिपलको औपचारिक प्रवेश

अस्ट्रेलियामा दिपलको औपचारिक प्रवेश

अहिले एस०७ र एल०७, केही समयपछि एस०५ र जी३१८ पनि सार्वजनिक गरिने चांगान...

टाटा ईभीको बजार हिस्सामा भारी गिरावट, एमजी र महिन्द्राले पछ्याउँदै

टाटा ईभीको बजार हिस्सामा भारी गिरावट, एमजी र महिन्द्राले पछ्याउँदै

काठमाडौं–केहि समय अघिसम्म एकछत्रजस्तै बजार लिएको टाटा ईभीले पछिल्लो समय...

जिली ईएक्स ५ म्याक्स र प्रो किन्दा अफरै अफर, यस्तो छ क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको बिक्री योजना

जिली ईएक्स ५ म्याक्स र प्रो किन्दा अफरै अफर, यस्तो छ क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको बिक्री योजना

काठमाडौं – नेपालमा जिली ईएक्स५ म्याक्स र प्रो विद्युतीय गाडीको आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...