प्योर ईभीले ल्यायो फुल चार्जमा १३५ किमी चल्ने इलेक्ट्रिक बाइक इकोड्रिफ्ट

टु–ह्विल निर्माता कम्पनी प्योर ईभीले भारतमा इकोड्रिफ्ट बाइक लन्च गरेको छ । सो बाइकले सिंगल चार्जमा १३५ किलोमिटरको रेन्ज दिने कम्पनीले दाबी गरेको छ । यसका लागि टेस्ट राइड पनि खुल्ला गरिएको छ ।

इकोड्रिफ्टको मूल्य ९९ हजार ९९९ भारु तोकिएको छ । बाइकको टप स्पिड ७५ किमी प्रतिघन्टा छ भने यसको लोड क्षमता १४० किलोग्राम छ । बाइकमा १७.७८ सेमीको एलईडी डिस्प्ले पनि दिइएको छ । साथै यसमा ३ राइड मोड पनि उपलब्ध छ ।

प्योर ईभी इकोड्रिफ्टमा एआईएस १५६ बाट प्रमाणित ३.० केडब्ल्युएचको ब्याट्री जडान गरिएको छ, जसले एक पटक फुल चार्जमा ८५ देखि १३५ किलोमिटरको रेन्ज प्रदान गर्छ । यसलाई चार्ज गर्न ६० भोल्टको चार्जर दिइएको छ । यसबाट ब्याट्री ३ घण्टामा २० देखि ८० प्रतिशत र ६ घण्टामा ०–१०० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । इलेक्ट्रिक बाइकमा ३ किलोवाटको इलेक्ट्रिक मोटर रहेको छ । यसको टप स्पिड ७५ किमी प्रतिघण्टा छ ।

इकोड्रिफ्ट बेसिक कम्युटर बाइक हो, जसमा एंग्युलर हेडल्याम्प, ५–स्पोक अलोय ह्विल र सिंगल पीस सिट छ । सो इलेक्ट्रिक बाइक कालो, ग्रे, निलो र रातो गरी ४ रङमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

भ्यालेन्टाइन डे अवसरमा बीवाईडीको एक्सक्लुसिभ फ्ल्यास सेल, एट्टो १ मा २ लाख छुट र अन्य अफर

भ्यालेन्टाइन डे अवसरमा बीवाईडीको एक्सक्लुसिभ फ्ल्यास सेल, एट्टो १ मा २ लाख छुट र अन्य अफर

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले भोलि...

२०३० सम्ममा विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक बन्ने भारतको महत्वकांक्षा

२०३० सम्ममा विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक बन्ने भारतको महत्वकांक्षा

विश्वको तेस्रो ठूलो अटो बजार भारत अव ईभी उत्पादनमा समेत आक्रमक बन्ने भएको छ...

एम्पियर इलेक्ट्रिक स्कुटरले ल्यायो उमेरका आधारमा जोडीहरूलाई विशेष छुट प्रदान गर्ने योजना

एम्पियर इलेक्ट्रिक स्कुटरले ल्यायो उमेरका आधारमा जोडीहरूलाई विशेष छुट प्रदान गर्ने योजना

काठमाडौं – एम्पियर ग्रिभ्स इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...