एन्टर्क ओनर्स ग्रुप ( एनओजी) को हेटौँडा च्याप्टर राइड सम्पन्न

टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले हेटौँडादेखि मकवानपुर गढीसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

माघ १४ गते शनिबार आयोजना भएको सो राइड हेटौडास्थित शोरुम अटो मार्टबाट शुरु भएर मकवानपुर गढीसम्म पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।

करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनु पर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

सम्बन्धित समाचारहरू

टीभीएस बाइकमा हुने अपाचे सिरिजको अर्थ के हो ? अनि आरटीएफआई र आरटीआरको ?

टीभीएस बाइकमा हुने अपाचे सिरिजको अर्थ के हो ? अनि आरटीएफआई र आरटीआरको ?

नेपाली बजारमा समेत धेरै बिक्री हुने मोटरसाइकल मध्ये टीभीएसको ‘अपाचे’ मोडल...

२५ प्रतिशत डाउनपेमेन्ट अफर गर्दा पनि छैनन् मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहक

२५ प्रतिशत डाउनपेमेन्ट अफर गर्दा पनि छैनन् मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहक

वैंक तथा वित्तीय संस्थामा तरलता अभाव चर्किएसँगै ओरालो लागेको टु ह्विलर...

अब मोटरसाइकल एसेम्बलिङ उद्योगका लागि नयाँ मापदण्ड लागू

अब मोटरसाइकल एसेम्बलिङ उद्योगका लागि नयाँ मापदण्ड लागू

काठमाडौं – सरकारले मोटरसाइकल एसेम्बलिङ उद्योग स्थापनाका लागि चार नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...